कर्मचारीसँग रकम मागेको घटनामा पूर्वसभासदले भने हो कमजोरी भयो (भिडियो सहित)


 


maoist - Copyभोजपुर, भदौ २१

पूर्व सभासद एंव एकिकृत माओवादी भोजपुरका अध्यक्ष सुदन किरातीले कर्मचारीसँग रकम मागेको घटनामा कमजोरी भएको बताएका छन् । सोमबार विहान पार्टी कार्यालयमा पत्रकार सम्मलेन गर्दे रकम तोकेर नमागेको तर यो घटनामा केही कमजोरी भएको बताएका हुन् ।

जिविस भोजपुरमा कार्यरत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मा कार्यरत शासन विज्ञ इन्जिनियर राजु शिवाकोटीले रकम दिने मनसाय ब्यक्त गरेपछि आफूले मोबाइल नम्बरबाट खाता नम्बर पठाएको स्विकार गरेका छन् । अहिले आन्दोलन छैन्, केही छैन् कसरी सहयोग गर्ने भनेर भन्दा समेत हैन म सहयोग गर्छु, भनेर शिवाकोटीले भनेको उनले पत्रकार सम्मेलनमा बताए ।

शिवाकाेटीबाट रकम लिने एमाअाेवादीको संस्थागत निर्णय रहेको किराँतीले बताएका छन् । समेत शिवाकोटीको तलब कति छ भनेर आफुले सोधेको स्विकार गरेका छन् । उनको तलब मैले सोचेभन्दा धेरै रहेछ, किराँतीले भने किस्ताबन्दीमा म सहयोग गर्छु भरपर्दाे माध्यम दिनुस् भनेपछि हाम्रै कार्यकर्ताको खाता नम्बर पठाएको हुँ ।

 शिवाकोटीले आफू र पार्टीलाई बदनाम गराएको उनको आरोप छ । म दोलखाबाट आएको मान्छे, पार्टीलाई सहयोग गर्छु भनेर भनेपछि कति ठुलो महान मान्छे भनेर सोचें उनले भने चाँडै विश्वास गर्नु नै ठुलो कमजोरी भयो, यसले थप शिक्षा मिलेको छ ।

पत्रकार सम्मेलनमा निकालिएको प्रेस विज्ञप्तीमा भनिएको छ, राजु शिवाकोटी एमाओवादी पार्टीसँग नजिक हुनुको पछाडी नियोजित षडयन्त्र रहेको पुष्टि भएको छ । एमाओवादीले शिवाकोटीलाई कार्यक्षेत्रमा फर्केर काम गर्न समेत आग्रह गरेको छ ।

शिवाकोटीलाई टेलिफोनमा धम्कि दिएको भनिएका जिल्ला कमिटी सदस्य तिर्थ पराजुलीलाई निलम्बन गरेको एमाओवादी भोजपुरले जनाएको छ । भदौको पहिलो हप्ताबाट किराँतीले शिवाकोटीसँग पैसा मागेको खुलासा भएको थियो ।

शिवाकोटीले भदौ ३ गते अज्ञात ब्यक्तिबाट  मोबाइलमा धम्कि आएको बताएका थिए । धम्कि आए लगत्तै शिवाकोटीले जिविस हुँदै प्रहरी प्रशासनमा उजुरी दिएका थिए ।

उजूरी परेसँगै किराँतीले उजूरी फिर्ता लिन शिवाकोटीलाई दबाव दिएका थिए । उजूरी फिर्ता लिन दबाब दिएको विषयमा किराँती बोल्न चाहेनन्, बरु शिवाकोटीलाई नै सोध्न अनुरोध गरे ।

उनको निवेदन परेपछि प्रहरीले छानबिन शुरु गरे लगत्तै शिवाकोटीले निवेदन फिर्ता लिएका थिए । प्रहरीले धम्कि दिएको आशंकामा केही ब्यक्तिलाई कार्यालयमा उपस्थित गराएर बयान समेत लिएको थियो ।

जसमा निलम्बन गरिएको भनिएका तिर्थ पराजुली समेत थिए ।  मोबाइलमा धम्कि काण्डको उजूरी फिर्ता लिएपछि भदौ ६ गते शिवाकोटीले किराँतीलाई तीन पटक विहान ८ बजे दोस्रो पटक बिहान ११ बजे र दिउँसो १ बजे भेटेको बताएका छन् ।

जुन कुरा किराँतीले पनि स्विकार गरेका छन् भने भेट तीन पटक मात्र नभएर अस्वभाविक मात्रामा हुने गरेको पत्रकार सम्मेलनमा बताएका छन् । जिविसका गोप्य कुराहरु समेत दलहरुलाई शिवकोटीले दिने गरेको उनले खुलासा गरेका छन् ।

उनको गलत मनसाय रहेछ, किराँतीले भने हामीले बुझ्न सकेनौ, शिवाकोटीको मनसाय पुरा नहुँदा बदनाम गर्ने काम गरे । तर शिवाकोटी भने जिम्मेवार तहका नेताबाटै रकम माग भएपछि जागिर त्यागेर जिल्ला छाडेको बताउँछन् ।

यो घटना सार्वजनिक भएपछि सर्वत्र चासो ब्यक्त भएको थियो । एमालेको भातृ संगठन युवा संघले घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग राख्दै प्रशासन प्रहरीमा ज्ञापन पत्र बुझाउँदै पत्रकार सम्मेलन गरेको थियो । त्यस्तै जिल्लामा कार्यरत कर्मचारीहरुले सुरक्षित र भयरहित ढंगले काम गर्ने वातावरणको माग राखेका थिए ।

भिडियो

यो पनि पढ्नुहोस्

पूर्व सभासदले नै कर्मचारीसँग यसरी पैसा मागे

पूर्वसभासदले रकम मागेको घटनाप्रति कर्मचारीको यस्तो छ आपति

प्रकाशित मिति: २१ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्