बाढीपहिरो पीडितलाई ‘लौन केही गरौं’ अभियानको सहयोग


 


piditभोजपुर, भदौ २६

बाढीपहिरोबाट पीडित बनेका भोजपुरको विभिन्न ठाउँका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । लौन केही गरौं अभियानले दोभानेका बाढी पीडित र साङपाङका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।

अभियानले दोभाने गाविस–८ फेदीकी भगत कुमारी राईलाई तीन हजार तीन सय ३३, जन्तुमाया राईलाई तीन हजार तीन सय ३३ र  उत्तर कुमार राईलाई तीन हजार तीन सय ३४ रुपैयाँ सहयोग गरेको हो । गत भदौ १५ गतेको बाढी पहिरोले उनिहरुको घर बगाएको थिया ।

उत्तर कुमार राईको नेपाली हाते कागज उत्पादन गर्ने घरेलु उद्योग नै बगाएको थियो । उनिहरुलाई झापा, दमक १० घर भई हाल बेलायतमा रहेका सुस्मा काङमाङ र शिव राईले १० हजार सहयोग पठाएका थिए ।

उक्त रकमबाट तीन परिवारलाई आर्थिक सहयोग गरिएको लौ न केही गरौं अभियानका अभियान्ता अजम्बर राई काङमाङले बताए । त्यस्तै भदौ १९ गतेको पहिरोमा मृत्यु र घाइते भएका परिवारलाई पनि अभियानले आर्थिक सहयोग गरेको छ ।

पहिरोमा परी साङपाङ गाविस४ सत्तल माझकुवाकी मीलन राईको मृत्यु भएको थियो भने उनका श्रीमान नारायण राई गम्भिर घाइते भएका थिए । अभियानले उनिहरुको परिवारलाई पाँच हजार नगद आर्थिक सहयोग गरेको छ । 

घाइते राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पहिरोमा परी उनको देब्रे खुट्टा भाँचिएको थियो । यो परिवारलाई नागी४ घर भई बेलायत सेनामा कार्यरत नरेश राई र सीमा राईले पठाएको रकमबाट आर्थिक सहयोग गरिएको अभियान्ता काङमाङले जानकारी दिए ।

प्रकाशित मिति: २६ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्