मलेसियामा भोजपुरका एक युवाको मृत्यु


 


malesiya1भोजपुर, असोज ८
बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका भोजपुरका एक युवाको मृत्यु भएको छ । भोजपुरको दोभाने–७ तेन्दोका ३७ बर्षिय नन्दराज राईको मंगलबार सुतेकै ठाउँमा मृत्यु भएको हो ।

राई राजधानी क्वालालाम्पुरस्थित सेलङ्गर जलान आम्पाङमा एक होटलमा क्लिनरको रुपमा कार्यरत थिए । उनि यो ठाउँमा गत मार्च २ तारिखदेखी कार्यरत रहेका थिए ।

राई विहान अबेरसम्म काममा नगएपछि कोठामा हेर्दा मृत अवस्थामा फेला परेको मलेसियाबाट रेवस विष्टले जानकारी दिए । उनको शव पोष्टमार्टको लागि अस्पतालमा राखिएको छ । राईको घरमा बुवा, अामा, श्रीमती, चार छोरी र एक छोरा छन् ।

प्रकाशित मिति: ८ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्