काेरियामा भाेजपुरका एक युवा मृत भेटिए


 


bhim karkiसोल, कार्तिक २३

दक्षिण कोरियामा ईपिएस मार्फत आएका एक नेपाली मृत अवस्थामा भेटिएका छन । भोजपुरको देउराली गाविस वडा नं. ९ घर भई हाल कोरियाको छल्लाबुक्दो, छङगुपमा वरी खोङजाङमा कार्यरत भिम कार्की आइतबार मृत अवस्थामा फेला परेका हुन ।

हाँस मासुहरु तयार गर्ने सम्बन्धि काम गर्ने उनी शुक्रबार विहान ११ बजेसम्म काम गरेका र त्यसपछि सम्पर्क विहिन रहेको सोही क्षेत्रमा कार्यरत शिवप्रसाद भट्टले जानकारी दिएका छन । स्नातकसम्म अध्ययन गरेका कार्की आफै कार्यरत कम्पनीमा डोरी लगाई झुण्डिएको अवस्थामा भेटिएका छन् ।

उनको भाई अमर बहादुर कार्की ४ महिना अघिदेखि कोरियामै रहेका छन । घटनाको बारेमा मृतकको घर परिवारलाई समेत जानकारी गराइएको छ । यसैगरी घटनाको बारेमा कोरियास्थित नेपाली दुतावासमा जानकारी पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्