मोरङमा भेटियो काठको साईकल, सबै परे चकित ! (भिडियो सहित)


 


मोरङ, माघ १ पेसाले सिकर्मी उत्तरी मोरङको लेटाङ २ कमलपुरका मनिहर्क राईको साइकल चोरी भयो । २४ वर्षअघि ९ सय ७५ रुपैयाँमा किनेको साइकल चोरिएपछि अनौठो जुक्ति आयो । कापीमा नक्सा कोरे । अनि उनले सात महिना लगाए काठको साइकल बनाए । टायर, चेन र ब्रेक मात्र पुरानोको, बाँकी सबै थोक काठको भएको साइकल देख्नेहरूले अचम्म माने ।

२०४४ सालमा लेटाङ खानेपानीको कार्यक्रममा तत्कालीन राजारानी वीरेन्द्र, ऐश्वर्य आएका थिए । आयोजकको अनुरोधमा उनले काठको साइकल चलाएर देखाउँदा एक हजार रुपैयाँ बक्सिस पनि हात पारेका थिए । मनिहर्कलाई वैदेशिक रोजगारीमा जाने लर्कोले भेट्यो । साइकल थन्क्याएर खाडीतर्फ लागे ।

११ वर्षपछि फिरेका उनी अहिले पुन त्यो काठको साइकल मर्मत गरिरहेका छन् । उनलाई यो साइकल संग्रहालयमा राख्न पनि मन छ । भन्छन्,’अब ब्याट्रीले चल्ने बनाउन कस्सिएको छु ।’[youtube https://www.youtube.com/watch?v=hyG4GZU5FnQ]

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्