गजल


 


Amrika tamrakar
अमृका ताम्राकार

नीलिमामा निरोज्ज्वल निशासँग चाँदनी
सौजन यो सृष्टिको अनुपम शोभनी ।

चन्द्र सूर्य झैँ छ यो दुःख सुख हाम्रो साथ
निरन्तर बढ्नुपछै दृढ मञ्जिलका साथ ।
अन्धकारमा फैलिरहोस् दिवसको रोशनी
सौजन यो सृष्टिको अनुपम शोभनी ।

सत्य, अहिँसा खातिर मनिषको दिपक
छर्नु पर्छ मनिषीले भइ सृष्टि रक्षक ।
विनास नहोस् जगतमा गर्छु सदा आरती
सौजन यो सृष्टिको अनुपम शोभनी ।

गर्न पूजा थाली लिइ जाऊ तिमी
विशुद्ध आत्मालाई चढाऊ तिमी
(फूलपाती अविर चढाऊ तिमी ।)

जलमा, थलमा जहाँ छ भगवान
लुकेको छ कहाँ? खोजी ल्याऊ तिमी ।

सर्वव्यापक छ देखिदैन कही
मनको त्यो बादल हटाऊ तिमी।

कसरी हटाऊँ? गर कृपा प्रभु
काम क्रोध लोभ सब वगाऊ तिमी ।

गरी ध्यान हरीको गरी चित्त शुद्ध
मनमा हरिलाई नचाऊ तिमी ।

मनहरु फाटेपछि प्यार हाम्रो हरायो
सम्बन्धमा बाँधिराख्ने तार हाम्रो हरायो ।

चुँडिएको चङ्गा तिमी उड्न सक्छौ स्वतन्त्र
समाजले घेरिएको बार हाम्रो हरायो ।

कुनै पनि डरभर हामी बीच रहेन
पुरानो त्यो खुकुरीको धार हाम्रो हरायो ।

तिमीलाई मेरो अनि तिम्रो पनि मलाई
सहाराको अब दरकार हाम्रो हरायो ।

नियतिको खेल रै‘छ भोग्नै पर्दो रहेछ
बादबिबादमा हुने हार हाम्रो हरायो ।

प्रकाशित मिति: १२ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्