भाेजपुरबाट सञ्चार मन्त्रीकाे उद्घाेष ‘तीन महिना भित्र जिल्लामा सञ्चारकाे पहुँच पुर्याउँछुु’


 


Sherdhan-information ministry (6)भाेजपुर, मंसिर २२

सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले तीन महिना भित्र भाेजपुरमा सञ्चारकाे पहुँच पुर्याउँने उद्घाेष गरेका छन् । मन्त्री बनेपछि पहिलाे पटक जिल्ला अाएर मन्त्री राईले जिल्लाबासिलाई सम्बाेधन गर्दे तीन महिना भित्र जिल्लाकाे कुना काप्चासम्म सञ्चारकाे पहुँच पुर्याउने बताएका हुन् ।

Sherdhan-information ministry (1)जिल्लाका अधिकांश ठाउँमा अहिले पनि सञ्चारकाे पहुँच पुग्न सकेकाे छैन्, सदरमुकाम, घाेरेटार, बालंखा, मानेभन्ज्याङ लगायतका ठाउँमा सम्बाेधन गर्दे मन्त्री राईले भने अबका तीन महिना भित्र याे समस्याकाे अन्त्य हुन्छ । काम शुरू भइसकेकाे छ मन्त्री राईले भने जिल्लाकाे १२ ठाउँमा टावर निर्माण हुन्छ, साथै क्षमता विस्तारकाे काम पनि अगाडी बढेकाे छ ।

Sherdhan-information ministry (2)गत अाइतबारबाट प्राविधिकहरूकाे टाेलि समेत गाउँ खटिसकेकाे छ । अहिले पनि धेरै गाउँका सर्वसाधारणा सञ्चारकाे पहुँचका लागि घण्टाै हिडेर टेलिफाेन गर्नु पर्ने बाध्यता मैले बुझेकाे छु, सरकारका प्रवक्ता समेत रहेका राईले भने भाेजपुर मेराे गृह जिल्ला हाे, सूचना तथा सञ्चार मन्त्रालयकाे विभागिय मन्त्री समेतकाे हैसियतले याे काम मेराे पहिलाे प्राथमिकता हाे ।

Sherdhan-information ministry (4)सदरमुकाम र गाउँमा रहेका टावरहरूकाे समेत क्षमता विस्तार गरिने उनले बताए ।  पहिलाे चरणमा अाएका प्राविधिकहरूकाे टाेलिले रिपाेट बनाउँछ, मन्त्रालयमा अावश्यक छलफल पछि तिव्र गतिमा काम शुरू हुने मन्त्री राईकाे भनाई थियाे ।

Sherdhan-information ministry (5)भाेजपुरलाई पहिलाे प्राथमिकता सँगै देशभर सञ्चारकाे पहुँच विस्तारकाे काम अगाडी बढाउने याेजना बनाएकाे उनले बताए । मध्य पहाडी राजमार्गलाई अप्टिकल फाइबर हाइवेकाे रूपमा विस्तार गर्ने अाफूले याेजना बनाएकाे र पूर्वाञ्चलबाट काम शुरू हुने समेत अाफ्नाे सपना मन्त्री राईले सुनाए ।

IMG_9560जिल्ला सदरमुकामहरूलाई अप्टिकल फाइबरले जाेड्ने र सदरमुकाम भन्दा बाहिर गाउँमा समेत विस्तार गर्ने याेजना बनाएकाे उनले बताए । गाउँमा अप्टिकल फाइबर पु्र्याउन कठिन रहेका दूरदराजका गाउँमा वायरलेस सिस्टमबाट समेत इन्टरनेटकाे सुविधा पुर्याउने याेजना बनाएकाे उनकाे भनाई थियाे ।

काे हुन् शेरधन राई ? पढ्नुहाेस्

प्रकाशित मिति: २२ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्