राष्ट्रपतिकाे भाेजपुर यात्रा (फाेटाे फिचर)


 


IMG_1070भाेजपुर, पुस ८

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार भाेजपुर अाईपुगिन् । भाेजपुुर बहुमुखी क्याम्पसकाे स्वर्ण महाेत्सवकाे समापन समाराेहमा भण्डारी भाेजपुर अाएकी हुन् । भण्डारी यही क्याम्पसकाे पूर्व विद्यार्थी समेत हुन् ।

IMG_0878राष्ट्रपति भण्डारीकाे स्वागतका लागि सदरमुकामका चाेक चाेकमा स्वागद्वार, तुल, ब्यानरले सजाईएकाे थियाे । उनलाई क्याम्पसका साथै विभिन्न नागरिक संघ संस्थाहरुले सम्मान गरेका छन् ।

IMG_0854उनले क्याम्पसमा निर्मित स्वर्ण महोत्सव स्मारक अनावरण, क्याम्पसको गुरुयोजना सार्वजनिकीकरण गरेकी थिईन् । कार्यक्रममा भोजपुर क्याम्पस अध्ययन गरेर राज्यका विशिष्ट तहमा पुगेका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

IMG_0874यसरी सम्मानीत हुनेहरुमा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राई, पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला, सांसदहरू जयन्ती राई,  तारादेवी राई, पूर्व सभासद सुदन किराँती, सचिव, पुर्व क्याम्पस प्रमुखहरु रहेको थिए ।

IMG_0888गत कार्तिक १२ गते राष्ट्रपतिमा चुनिएकी भण्डारी भोजपुर क्याम्पसमाा २०३५ सालदेखी ०३७ सालसम्म प्रमाणपत्र तह अध्ययन गरेकी थिईन् । २०१८ साल असार ५ गते मानेभन्ज्याङ गाविस–१ आम्बोटेमा जन्मिएकी भण्डारीले यही क्याम्पसबाट राजनीतिक जीवन शुरु गरेकी हुन् ।

 IMG_0981कार्यक्रममा भाग लिएपछि भण्डारी आफ्नो जन्मघर मानेभन्ज्याङ आम्बोटेमा समेत पुगेर छरछिमेकीसँग भेटघाट गरेकी छिन् । 

IMG_0936

प्रकाशित मिति: ८ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्