च्यांग्रे उच्च माविले यसरी मनायाे जन्माेत्सव (फाेटाे फिचर)


 


IMG_1475भाेजपुर, पुस २३

यहाँकाे पूर्वी गाविस च्यांग्रेस्थित पञ्चकन्या उच्च माविले अाफ्नाे स्थापनाकाे ६० अाैं जन्माेत्सव विभिन्न कार्यक्रम गरेर भव्य रूपमा सम्पन्न गरेकाे छ । विद्यालय परिसरमा भएकाे भव्य कार्यक्रमकाे सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम भएकाे थियाे । साथै जन्माेत्सव समाराेहमा विद्यालयले अायाेजना गरेकाे विभिन्न कार्यक्रमका विजेताहरूलाई पुरस्कार समेत वितरण गरिएकाे थियाे ।

IMG_1437कार्यक्रममा विद्यालयलाई सहयाेग गर्ने दाताहरूलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा यही विद्यालय अध्ययन गरेर काठमाडाैंमा बसाेबास गर्दे अाएका समाजसेवी उमेशजंग थापा मगरलाई भव्य सम्मान गरिएकाे थियाे ।

IMG_1503साथै उनले विद्यालयलाई करिब १३ लाख बराबरकाे थप दुई काेठे भवन बनाइदिने भएका छन् । यस अघि उनले विद्यालयलाई अाठ लाख सहयाेग समेत गरेका थिए ।

IMG_1426याे विद्यालयलाई सांसद समेत रहेका मन्त्री राईले निर्वाचन क्षेत्र विशेष कार्यक्रम मार्फत १० लाख रकम भाैतिक पूर्वाधारका लागि विनियाेजन गरिदिएका छन् । साथै उनले पुस्तकालयका लागि ५० हजार मूल्य बराबरकाे पुस्तक उपलब्ध गराइदिने भएका छन् । कार्यक्रममा विद्यालका प्रधानाध्यापक राम कुमार राईले विद्यालयकाे बारेमा प्रतिवेदन पेश गरेका थिए ।

IMG_1478IMG_1523IMG_1485IMG_1489

प्रकाशित मिति: २३ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्