भाेजपुरकाे कुन गाविसबाट कति गाँजा फडानी ? (हेर्नुहाेस् तस्बिर सहित)


 


gaja 3भाेजपुर, पुस २५

भाेजपुर प्रहरीले गाँजा फडानी कार्यलाई तिब्रता दिएकाे छ । गत भदाै महिनाबाट शुरू भएकाे याे विशेष अभियान जारी रहेकाे प्रहरीले जनाएकाे छ । अहिलेसम्म तीन सय ३७ राेपनी क्षेत्रकाे गाँजा फडानी गरिएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक राज कुमार लम्सालले बताए ।

gaja 2यहाँकाे दक्षिणी क्षेत्र हसनपुर र दुम्मानमा सबैभन्दा बढी प्रहरीले गाँजा फडानी गरेकाे छ । जिल्लाकाे एक दर्जन बढी गाविसमा प्रहरीले गाँजा फडानी गरेकाे  हाे ।

gaja 1कुन गाविसमा कति गाँजा फडानी भयाे ? हेर्नुहाेस्

हसनपुर गाविस  २३४ राेपनी

दुम्माना गाविस ३९. ५  राेपनी

भाेजपुर नगरपालिका १५. ५ राेपनी

श्यामशिला  गाविस ४ राेपनी

च्यांग्रे गाविस १६. ५ राेपनी

सिन्द्राङ गाविस ६. ५ राेपनी

अन्नपूर्ण गाविस २ राेपनी

हाेम्ताङ गाविस ६ राेपनी

देवानटार गाविस ११. ५ राेपनी

काेट गाविस १ राेपनी

gaja

gaja 4

प्रकाशित मिति: २५ पुस २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्