भोजपुरे चेली इराकमा बिचल्ली


 


manishaकुबेत, माघ २०

इराकमा एक नेपाली चेली बिचल्लीमा परेकी छिन्। भोजपुर हसनपुर गाविस ४ घर की मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनि एप्लाई गरेको तर उनलाई मिराकल म्यानपावर प्रा लि काठमाण्डौंका एजेन्ट बमबहादुर गुरुङले बिभिन्न प्रलोभन देखाई ४ महिना पहिले भारत हुँदै दुबई भएर ईराक पठाएको बताएकी छिन्।

इराक पुगेपछि प्रेमिका तामाङले उनलाई रिसिभ गरेको र कम्पनीमा नभई घरमा काम गर्न लगाएको बताएकी छिन्। इराकमा आइपुगेपछी प्रेमिका तामाङले घरमा काम गर्न पठाएको र त्यहाँ घर मालिकले दुर्ब्यबहार गर्ने हुनाले एक महिना पहिले भागेर अहिले साथीकोमा बस्दै अाएकाे पिडीत राइले बताइन ।

काम गर्न सक्दिन कम्पनीमा आउँछु भन्दा प्रेमिका तामाङले ५ हजार डलर लिएर आईज नत्र तलाई मार्छु भन्ने धम्की दिएकोले त्यहाँ जान नसकेको पिडित बताउछिन्। नेपालबाट नै म कहिलै नाम नसुनेको देश जान्न भन्दा एजेन्टले काम राम्रो छ, ६/७ घण्टा मात्र ड्युटी हुन्छ, इन्टरनेट फ्री हुन्छ, काम गर्न नसकेमा ३ महिना भित्र झिकाउछु भनि पठाएको तर अहिले नेपाल झिकाउ भन्दा ५ लाख तिर अनि निस्किन्छस् भन्छ, उनले अगाडी थपिन्।

मनिषा हाल साथीको शरणमा रहेको र साथीको पनि काम नभएकोले खान बस्न समेत समस्या रहेको बताउछिन्। यस माथी घरको साहुले समेत मनिषालाई खोजि गरिरहेको र निजलाई खोजेर ल्याउनेलाई उचित पुरस्कार दिने भनेकाले आफु असुरक्षित भएको पनि उनले बताएकी छिन्। यति मात्र हैन नेपालीहरुले नै आफुसँग प्रेम गर्न र यसो नगरे कम्पनीलाई भनिदिने जस्ता धम्की दिने हुनाले पनि आफु थप असुरक्षित रहेको निजले बताईन्। उनले आफुलाई चाँडो भन्दा चाँडो उद्दार गरी नेपाल फर्काई दिन नेपाल सरकारलाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति: २० माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्