इराकमा बिचल्लीमा परेकी भाेजपुरे चेली नेपाल अाइन्


 


manishaकुबेत, फागुन ५

इराकमा बिचल्लिमा परेकी मनिषा राई नेपाल अाइपुगेकी छिन् । भोजपुर हसनपुर -४ कि मनिषा बिगत ४ महिना अगाडी इराक पुगेकी थिइन् | ६/७ घण्टा मात्र काम गर्नु पर्ने, मासिक तलब ३५० डलर हुने भनेर इराकका कुर्दिस्थान पुर्याईएको थियो। त्यहाँपुगेपछि न भने बमोजिमको काम दियो, नत तलब नै। उल्टो साहुको दुर्ब्याबहार सहन नसके पछि करिब ४५ दिन अगाडी उनी त्यहाँबाट भाग्न सफल भई साथीको शरणमा पुगेकी थिईन्।

त्यस पछि परिवर्तशील सोंचका अभियान्ता राम बियोगीको मद्दतमा परदेशी खबरको सम्पर्कमा आएकी थिईन्। परदेशी खबरसँगको सम्पर्क पछि उनको सम्पूर्ण बिबरण सहित परदेशी खबर डटकमले फेब्रुवरी १ तरीकमा उनको बारेमा समाचार सम्प्रेषण गरेको थियो। समाचार सम्प्रेषण पछि देश विदेशबाट त्यही समाचारलाई आधार बनाएर सम्प्रेषण हुन थाल्यो।

त्यसपछि नेपालका एजेण्ट माथि ठूलो दवाब सृजना हुन गई एजेण्टले बाध्य भएर उनलाई नेपाल फर्काउन तयार भएका थिए।नेपाल गएपछि पुन: अर्को देशमा जाने कि ? भन्ने प्रश्नमा उनले भनिन् अहँ अब म कुनै पनि देश जान्न। बरु अरु दिदी बहिनीहरुलाई पनि म जस्ता ठगिनबाट कसरी बचाउन सकिन्छ भन्नेमा मद्दत गर्छु उनले भनिन् ।

उनकी आमा तारा राईले पनि छोरी आउने कुरा आफुलाई पनि थाहा भएको बताईन्। एजेण्ट बम बहादुर गुरुङले छोरी आउँदैछिन् बाबुको नागरिकता लिएर आउनुस् छोरी तपाईंको जिम्मा लगाएर पठाउँछौं भनेको बताईन्। आफू भोजपुरमै रहेकोले आउन नसक्ने र बाबु काठमाण्डौ मै रहेकोले उनैले जिम्मा लिने उनले बताइन् । परदेशी खबरकाे सहयाेगमा

प्रकाशित मिति: ५ फाल्गुन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्