मलेसियामा एक नेपालीकाे मृत्यु


 


क्लालाम्पुर, चैत्र २७

रोजगारीको सिलसिलामा मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।  नवलपरासी गठीप्रसौनी–२ का अभिषेक यादवको मृत्यु भएको हो । बिहीबार अभिषेकको मृत्युबारे घरपरिवारलाई जानकारी आएको स्थानीय रवीन्द्र यादवले जानकारी दिनुभयो ।

दुई दिनदेखि ज्वरो आएपछि उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । नवलपरासीबाट वैदेशिक रोजगारीमा गएकामध्ये करिब छ महिनाको अवधिमा छजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्