२०७३ साल तपाईकाे कस्ताे छ ? हेर्नुहाेस् बार्षिक राशिफल


 


बार्षिक राशिफल २०७३

मेष : यो बर्ष मेष राशिको लागि मध्यम रहनेछ । शुभ अशुभ दुबैको मिश्रित फल मिल्नेछ । फाल्गुनसम्म शनिले अशुभ क्षण आएपनि अरु गृहहरु बलियो हुँदा दुखद क्षण आउने छैन । ब्यापार ब्यबसायबाट जीबनस्तर सुध्रिनेछ । बोलीको प्रभाबले भाग्यशक्ति बलियो हुनेछ । परिवारको सहयोग अटुट रुपमा मिल्नेछ । पति पत्नीबीचको मधुरताले दाम्पत्य जीबन सुखमय बित्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । नोकरीमा प्रसंसा मिल्नेछ । बैदेशिक रोजगारीमा फाइदा हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । रोगबाट छुटकारा मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।
अध्ययन अध्यापनबाट सोचे जस्तो सफलता मिल्नेछैन । सन्तानबाट सुख पाउन मुस्किल पर्नेछ । लेनदेन र ऋणमा साबधान आवश्यक छ । नयाँ कामको थालनी नगर्दा बेश हुनेछ । शत्रुहरुबाट सजग रहनु उचित हुनेछ । जग्गा जमिनको ब्यबसाय त्यति लाभदायिक नहोला ।
(शुभ रत्न : मुगा, शुभ रंग : रातो)

वृष : यो बर्ष वृष राशिको लागि राम्रो रहनेछ । बौद्धिकताको कारण पढाई लेखाइमा उच्चता हासिल गर्न सकिनेछ । धार्मिक काममा रुची आउंदा तिर्थयात्राको अवसर प्राप्त हुनेछ । जग्गा जमिनको कारोबारले आर्थिक स्थितिमा सुधार आउनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने योग रहेको छ । अनाबश्यक खर्चमा नियन्त्रण आउंदा मन खुसि रहनेछ । मनग्य धन लाभ हुनेछ । कृषिमा लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । न्यायिक काममा सफलता मिल्नेछ । हौसला र आत्मबल मिल्ने हुँदा कामहरु सजिलै सफल हुनेछन । पारिवारिक सद्भाव बढ्नेछ । घरमा शान्ति छाउनेछ । पुत्रलाभ हुने सम्भावना देखिन्छ ।
राजनीतिमा उल्लेख सफलता मिल्नेछैन । दाम्पत्य जीबनको तिक्तताले मन निराश हुनेछ । बैदेशिक ब्यापारबाट खासै सन्तुष्टि मिल्नेछैन ।
(शुभ रत्न : हीरा, शुभ रंग : सेतो)

मिथुन : यो बर्ष मिथुन राशिको लागि सामान्यतया राम्रो छ । बोलीको मधुरताले महत्वपूर्ण काममा सफलता मिल्नेछ । आमाबुवाको निरन्तर सहयोग मिल्नेछ । आफन्तको पनि सहयोग मिल्नेछ । रोगबाट छुटकारा मिल्नेछ । सन्तानबाट निकै खुसि मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । कृषि कामबाट बिशेष लाभ मिल्नेछ । दाम्पत्य जीबन प्रेममय बन्नेछ । नोकरीमा ख्याती बढ्नेछ । राजनीतिक गतिविधिमा आफ्नो योग्यताको प्रदर्शनले धार्मिक काममा सफलता मिल्नेछ । घरमा मांगलिक कार्य हुन सक्नेछ । जग्गा जमिनको कामबाट राम्रो आम्दानी हुनेछ ।
शत्रुहरु पराजित भएपनि गुप्त रुपमा आफन्तहरुले सताउने देखिन्छ । मौसमी रोगले केहि समस्यामा पार्न सक्छ । न्यायिक काममा उल्झन आउने सम्भावना देखिन्छ ।
(शुभ रत्न : पन्ना, शुभ रंग : हरियो)

कर्कट : कर्कट राशिलाई यो बर्ष सामान्यतया राम्रो रहनेछ । भाग्य बलियो हुनाले सोचेको मनको कुराहरु पुग्नेछ । सावधानीपूर्वक ब्यापार ब्यबसाय गरेमा निक्कै लाभ मिल्नेछ । कृषि र पशुपालनबाट प्रशस्त लाभ मिल्नेछ । अनाबश्यक खर्चमा नियन्त्रण आउनेछ । दाजुभाई र दिदीबहिनीको प्रयाप्त सहयोग मिल्नेछ । पति पत्नीबीच आपसी समझदारीको असरले दाम्पत्य जीबन सुखमय बित्नेछ । आफन्तको सहयोग मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । धार्मिक काममा सहभागी हुने अवसर मिल्नेछ । शत्रुहरु पछाडी हट्नेछन । तिर्थ यात्राको अवसर मिल्नेछ । नोकरीमा पदोन्नति हुने सम्भावना देखिन्छ ।
परिक्षा प्रतियोगितामा सफलता मिल्नेछैन । सन्तानले बेवास्ता गर्नेछन । सानोतिनो दुर्घटनामा पर्ने सम्भावना देखिन्छ ।
(शुभ रत्न : मोती, शुभ रंग : सेतो)

सिंह : यो बर्ष सिंह राशिका लागि मध्यम रहनेछ । समाजमा बोलीको प्रभाब बढ्नेछ । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ । प्रियजनको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ भने धेरैले तपाइको प्रसंसा गर्नेछन । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । सन्तानहरुले सहयोग गर्नेछन । दाजुभाई र दिदीबहिनीको सहयोग मिल्नेछ । पशु पालनबाट राम्रो आम्दानी हुनेछ । जग्गा जमिनको कारोबारबाट प्रशस्त फाइदा हुनेछ । अनाबश्यक खर्चमा नियन्त्रण आउनेछ । नयाँ जागिरको सम्भावना दखिन्छ । पढाई लेखाइमा सोचे जस्तै सफलता मिल्नेछ भने मन प्रसन्न रहनेछ ।
सोचेको सुबिधाबाट बन्चित हुनुपर्नेछ । आमाबुवाको सहयोगमा गिरावट आउने देखिन्छ । पति पत्नी बिचको सम्बन्धमा सामान्य खटपट आउने हुनाले दाम्पत्य जीबन कष्टकर बन्नेछ । साथीभाईको भर पर्दा काममा रोकावट आउनेछ । बैदेशिक काममा अबरोध आउनेछ ।
(शुभ रत्न : माणिक्य, शुभ रंग : रातो)

कन्या : कन्या राशिको लागि यो वर्षा सन्तोषजनक रहनेछ । बौद्धिक काममा सफलता मिल्नेछ भने अध्ययन अध्यापनमा प्रगति हुनेछ । दाम्पत्य जीबन सुखद बन्दै जानेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । बादविवाद प्रतियोगितामा बिजयी हुने योग रहेको छ । न्यायिक काममा सफलता मिल्नेछ । मान्यजनको सहयोग मिल्नेछ भने प्रयासहरु सकारात्मक रहनेछ । खर्चमा कमि आउनेछ । शत्रुमाथि बिजय प्राप्त हुनाले मन खुसि रहनेछ । सन्तानहरु आज्ञाकारी हुनेछन । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त आम्दानी हुनेछ । दुर्घटनामा न्यूनता आउनेछ ।
फागुन देखि आमाबुवाको सहयोगबाट टाढा रहनुपर्नेछ । दाजुभाईसंग मनमुटाब हुन सक्छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । सोचे भन्दा खर्चमा वृद्धि हुनेछ । दैनिक कामहरु अस्तव्यस्त हुनेछन भने मन खिन्न रहनेछ ।
(शुभ रत्न : पन्ना, शुभ रंग: हरियो)

तुला : यो बर्ष तुला राशिको लागि खासै राम्रो देखिदैन । व्यर्थ झगडाको योग रहेको छ । बोलीमा संयमता नल्याउदा धेरै कुरामा दुख पाइनेछ । बौद्धिक काम बाधा आउनेछ । परिक्षा प्रतियोगितामा त्यति सफल बन्न सकिनेछैन । ब्यापार ब्यबसायबाट नोक्सानीको सामना गर्नुपर्नेछ । दाजुभाई र दिदीबहिनीको सहयोग मिल्नेछैन । जग्गा जमिनबाट पनि त्यति नाफा हुने देखिदैन । सन्तान सुखमा कमि आउनेछ ।
पति पत्नीबीचको समझदारीले दाम्पत्य जीबन खुसि र सुखी हुनेछ । आफन्तको सहयोग अटुट रुपमा मिल्नेछ । अनाबश्यक खर्चमा नियन्त्रण आउनेछ । नयाँ जागिर पाउने योग रहेको छ । दुर्घटनामा न्युनिकरण आउनेछ । धार्मिक र सामाजिक सभामा सहभागी हुने अवसर मिल्नेछ । आर्थिक स्थितिमा बिस्तारै सुधार आउनेछ । स्वास्थ्यमा क्रमस सुधार आउनेछ । आमाबुवाको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
(शुभ रत्न : हीरा, शुभ रंग : सेतो)

वृश्चिक : वृश्चिक राशिका लागि यो बर्ष शुभ अशुभ दुवै हुनेछ । बोलीको प्रभाब बढ्ने हुनाले समाजमा उच्च स्थान हासिल हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ भने प्रतियोगितामा बिजयी हुने सम्भावना देखिन्छ । ब्यापार ब्यबसायबाट उन्नति प्रगति हुनेछ । कृषि काममा सफलता मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । अनाबश्यक खर्चमा नियन्त्रण आउनेछ । जग्गा जमिनको कारोबारबाट जीबन स्तरमा सुधार्ने मौका मिल्नेछ । पति पत्नीबीच सम्बन्धमा सुधार आउनेछ । घरमा सुख शान्ति छाउनेछ ।
धार्मिक काममा मन लाग्नेछैन । सन्तानबाट सुख शान्ति भंग हुनेछ । पशु चौपायाको ब्यबसायबाट नोक्सानीको सामना गर्नुपर्नेछ । साथीभाईसंग मनमुटाब हुन सक्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन । लेनदेनमा विवाद बढ्नेछ । साझेदारी ब्यापारमा झमेला आउन सक्छ । मानसिक चंचलता बढ्नेछ ।
(शुभ रत्न : मुगा, शुभ रंग : रातो)

धनु : यो वर्ष धनु राशिको लागि मध्यम रहनेछ । भाग्य बलियो भएकाले धेरै काममा सफलता मिल्नेछ । समाजमा बोलीको कदर हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । बादविवादमा बिजयीको योग रहेको छ । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । बिग्रिएको सम्बन्धलाइ सुधार्ने मौका मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले कामहरु सजिलै सफलता मिल्नेछ ।
स्वास्थ्यमा समस्या आउने देखिन्छ । आफन्तको सहयोग मिल्नेछैन । बिश्वास गरेकाले धोका दिन सक्छन, सचेत रहनेछन । कृषि काममा सोचेजति प्रगति हुनेछैन । रोकिएका कामहरुमा झन अबरोध आउनेछ । शत्रुहरु बढ्नेछन । सोचेको भन्दा खर्च धेरै हुने हुनाले मन खिन्न रहनेछ ।
(शुभ रत्न : पुष्पराज, शुभ रंग: पहेंलो)

मकर : मकर राशिको लागि यो बर्ष सामान्यतया राम्रो रहनेछ । गरिरहेको काममा निरन्तरता दिंदा सफलता मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्य शक्ति बढ्नेछ । आमाबुवाको निरन्तर सहयोग मिल्नेछ । सन्तानले सुख दिनेछन । साथीभाईहरुले पनि पुरा सहयोग गर्नेछन । दाम्पत्य जीबन सुखमय बित्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । नयाँ जागिर मिल्ने सम्भावना देखिन्छ । बैदेशिक रोजगारीबाट लाभ मिल्नेछ । नोकरीमा ख्याती मिल्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । आम्दानीका श्रोतहरु धेरै मिल्नेछन । विदेश यात्राको योग रहेको छ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ ।
स्वास्थ्य सम्बन्धि समस्याले सताउने देखिन्छ । निर्णय लिंदा सावधानीपूर्वक लिनुहोला । धार्मिक र सामाजिक काममा मन लाग्नेछैन । विवाद बढ्ने योग रहेको हुँदा बोल्दा विचार पुर्याउनुहोला ।
(शुभ रत्न : नीलम, शुभ रंग : कालो)

कुम्भ : यो वर्ष कुम्भ राशिको रागी मध्यम रहनेछ । राम्रो नराम्रो मिश्रित फल दिने ग्रह रहेको छ । बौद्धिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । प्रतियोगितामा बिजयी हुने योग रहेको छ । पशु पालनको ब्यबसायमा प्रशस्त लाभ मिल्नेछ । कृषि काममा प्रगति हुनेछ । जग्गा जमिनको कारोबारले आर्थिक स्तरमा सुधार आउनेछ । बैदेशिक रोजगारीमा सफलता मिल्नेछ । समाजमा बोलीको प्रभाब बढ्नेछ । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । आमाबुवाको सहयोग मिल्नेछ । सन्तानबाट सुख मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । स्वास्थ्यमा सुधार आउनेछ ।
दाजुभाई र दिदीबहिनीको सहयोग मिल्ने देखिदैन । पति पत्नीमा कटुता आउने भएकाले दाम्पत्य जीबन तहसनहस हुने देखिन्छ । ब्यापार ब्यबसायमा खासै सफलता मिल्नेछैन । साधारण दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । साथीभाईसंग मनमुटाब हुन सक्छ ।
(शुभ रत्न : नीलम, शुभ रंग: कालो)

मीन : यो वर्ष मीन राशिलाई राम्रो रहनेछ । भाग्य शक्तिको उच्चताले मानसिक शान्ति बढ्नेछ । नयाँ सवारी साधन किन्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । कृषि काममा सफलता मिल्नेछ । खर्चमा नियन्त्रण आउने हुँदा मन खुसि रहनेछ । आमाबुवाको सहयोगले नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । शैक्षिक क्षेत्रमा उन्नति प्रगति हुनेछ । अध्ययन अध्यापनमा सन्तोषजनक प्रगति हुनेछ । धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ । साथीभाईको सहयोग मिल्नेछ । आर्थिक स्तिथिमा क्रमिक रुपमा सुधार आउनेछ । प्रयासहरु फलदायी रहनेछन । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ । कामहरु सफल हुनेछन ।
साझेदारी काममा झैँ झमेला आउनेछ । लेनदेनमा विवाद बढ्ने देखिन्छ । घरायसी काममा झमेला आउनेछ । नोकरीमा खिन्नता छाउनेछ । राजनीतिक परिस्थितिमा अन्योलता छाउनेछ ।
(शुभ रत्न : पुष्पराज, शुभ रंग : पहेंलो)

प्रकाशित मिति: ८ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्