अफगानिस्थानमा एक भाेजपुरेकाे गोलि हानि हत्या


 


minbahadur raiअफगानिस्थान, जेठ ११

कावुलमा एक नेपालीको अज्ञात समूहले गोलीहानी हत्या भएको छ । भोजपुरको छिनामखु गाविस घर भएका मिनबहादुर भारतीय सेनाको जागिरबाट अवकास पाएपछि धरानमा घर बनाएर परिवार सहित बस्दै आएका थिए । सुनसरी घर भएका मिनबहादुर राईको चारदिन अगाडि गोली हानी हत्या गरिएको हो ।

भारतीय सेनाबाट अवकास प्राप्त भएपछी वैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्थानको कावुल स्थित आइडिजि सेक्युरिटी लिमेटेडमा सुरक्षा गार्डका रुपमा काम गरिरहेका थिए । हत्याको वारेमा विद्रोहिको गोली प्रहारबाट मृत्यु भएको दाबी गरिए पनि अफगानिस्थान सरकारले हत्याको कारण बारे केही खुलाएको छैन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्