छायाँरुपी तिम्रा यादहरु


 


rajan samip
राजन समीप

छायाँरुपी तिम्रा यादहरु

जव घामको पहिलो झुल्को ले मेरो घरको सङ्घार टेक्छ,

अनि संगै ठुलो आयतन लिएर तन्किदै प्रवेश गर्छ,

एउटा प्रतिविम्व मेरो दिलको सङ्घारबाट जव छिप्पीदै जान्छ घाँम,

विस्तारै बाहिरिन्छ ,

मेरो दिलको सङ्घारबाट तेही प्रतिविम्व जव डुव्नै लाग्छ घाम ,

टेम्केको चुचुरोमा साँझ पख हुनै लाग्दा फेरी घिर्सीदै आउछ,

त्यही प्रतिविम्व पर पर देखी तन्किएर,

जव घरको संङ्घार टेकेर भित्र छिर्न खोज्छु अनि मन नलागी छाडिन्छ,

छाँया जस्तै लाग्ने त्यो प्रतिविम्व केवल तिम्रो याद पो रहेछ

हो यसै गरी पछ्छाएर आउछन् धुमील धमील छायाँरुपी तिम्रा यादहरु ।

प्रकाशित मिति: ४ असार २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्