घिमिरेको ‘मातृवाणी’ लोकार्पण


 


20160630_150405काठमाडौं, असार १७

सिस्नुपानी नेपाल झापा शाखाका अध्यक्ष तथा हास्यव्यङ्ग्य कवि डम्बर घिमिरेद्वारा रचित ‘मातृवाणी’ महाकाव्य बिहीबार राजधानीमा आयोजित एक भव्य समारोहबीच लोकापर्ण गरियो । शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, गीता त्रिपाठीले काव्यबारे समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । यसै गरी देवी घिमिरे ‘सिस्नेकाइँला’, भुवनहरि सिग्देल, सरोज घिमिरे, सुदेश सत्याल लगायतका कवि कवयत्रीहरुले उक्त महाकाव्यका अंश पाठ गर्नुभएको थियो ।

स्रष्टा परिचय प्रस्तुत गर्दै प्रस्तुतकर्ता मनोज गजुरेलले कार्यक्रमको प्रारम्भमै सिस्नुका झ्याम्टाहरु पस्किँदा कार्यक्रम निकै रोचक बनेको थिथो । काव्यका बारेमा समीक्षा डा. रामप्रसाद ज्ञवाली र गीता त्रिपाठीले गर्नुभएको थियो । काव्यकार घिमिरेले आफ्नो पुरानै शैलीमा ‘ङ’ वर्णको कविता सुनाइरहँदा हल निकै उत्साहित देखिन्थ्यो ।

प्रमुख अतिथि सत्यमोहन जोशीले लोकार्पित काव्य लोककाव्यका रुपमा स्थापित हुन सक्ने सरल, सहज, लोकभाका र जनजिब्रोमा सहजै अड्न सक्ने शब्द चयनका कारणले काव्य लोककाव्यका रुपमा स्थापित हुने कुरा बताउनुभयो । डा. जीवेन्द्रदेव गिरीले स्रष्टाले जीवनमा भोगेका अनुभवलाई सरल र सहज लोकभाकामा प्रस्तुत गरेकोमा सर्जकलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका सभापति लक्ष्मण गाम्नाङ्गेले सधैँ हास्यव्यङ्य कार्यक्रमको संयोजन गर्ने सिस्नुपानीले फरक स्वादको कार्यक्रम गर्न पाउँदा खुसी लागेको करा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: १७ असार २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्