आफ्ना दॉत स्वस्थ राख्न चहानुहुन्छ भने भुलेर पनि यस्ता गल्तिहरू नगर्नुहोस


 


दाँतको स्वास्थ, सरसफाइ र यसको सुरक्षामा ध्यान नदिनाले दाँत दुख्ने, किरा लाग्ने र दाँत झर्ने, गिजा दुख्ने आदि समस्याहरु आइलाग्छन् । यो बाहेक दाँतको समस्या आएर उपचार गर्न पर्यो भने हाम्रो धेरै पैसा पनि खर्च हुन्छ ।कहिलेकाँही हामी दाँतको सरसफाइ र स्वास्थमा चनाखो हुदाँहुदैँ पनि यस्ता केही गल्तीहरु गर्छौ, जसले पनि दाँतको स्वास्थ र सुरक्षामा ठूलो असर पुर्याउन सक्छ । दाँत सफा, स्वस्थ र सुरक्षित राख्नको लागि हामीले गर्न नहुने ८ गल्तीहरु निम्न छन्ः

१. ब्रस गर्नासाथ खाना खाना खाने=ब्रस गर्नाले दाँतको बाहिरी पत्र इनामेल हट्छ र त्यो ६० मिनेट पछि मात्रै फिर्ता आउछ । यो समयबिचमा केही खानाले दाँतलाई नोक्सान पुग्छ ।२. खाना खानसाथ ब्रस=खाना खान साथ तुरुन्त ब्रस गर्नाले दाँतको बाहिरी पत्र हट्छ र दाँतमा ब्याक्टेरिया लाग्ने खतरा बढ्छ ।३. मिठाई खानसाथ कुल्ला नगर्ने=मिठाई खानसाथ कुल्ला नगर्नाले दाँतमा किरा लाग्ने खतरा बढी हुन्छ ।४. ब्रस गर्दा जिब्रो सफा नगर्ने=ब्रस गर्दा जिब्रो सफा नगर्नाले जिब्रोमा रहेका ब्याक्टेरिया पुरै मुखमा फैलन्छन । यसले दाँत र गिजामा नराम्रो असर पर्छ ।

५. राती सुत्नुअघि ब्रस नगर्ने=राती सुत्नुअघि ब्रस नगर्नाले मुखमा ब्याक्टेरियिा बढ्दछ । यसले दाँतमा प्वाल पर्ने, गिजाको दर्द हुने समस्या निम्त्याउछ ।६. गलत तरिकाले ब्रस गर्ने=अगाडी पछाडी मात्रै ब्रस गर्नाले दाँतको बिचमा अड्केको खानेकुरा त्यही बसिराख्छ ।यसले ब्याक्टेरिया बढाउँछ । यसबाट बच्नको लागि अगाडी पछाडी, तल माथि सबैतिर ब्रस गर्नुपर्छ ।७. कम पानी पिउने=पानीले दाँतबाट एक्स्टा सुगर र एसिड निकाल्छ । यदी हामी कम पानी पिउने गछौँ भने त्यसले ब्याक्टेरियाको समस्या झनै बढ्न सक्छ ।
८. कडा वस्तुहरु फुटाउने=दाँतले कोल्ड डिक्स, बियरको ढक्कन खोल्ने वा ओखर जस्ता कडा चिज फुटाउने गर्नाले दाँत कमजोर हुन्छ । यसले दाँत समय भन्दा अगाडी नै भाँचिन सक्छ ।

प्रकाशित मिति: ७ भाद्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्