तपाईं सुन्दर देखिन चाहनुहुन्छ ? यस्ता छन घरेलु उपाय अपनाउनुहोस्


 


मानिसहरू आफ्नो अनुहारको सौन्दर्य बढाउनको लागी हजारौँ खर्च गर्छन् । तर कतिपय यस्ता सामाग्रीहरूले मानिसको अनुहारको सौन्दर्य भन्दा पनि कुरूप बनाएको उदाहरणहरू थुप्रै छन् । सौन्दर्यका लागी मापदण्ड भन्दा धेरै केमिकल राखेका सामाग्रीले रोगको सिकार पनि बनाएको छ । साइडइफेक्ट नहुने र घरमै सहज पाइने तरिका प्रति भने सौन्दर्य पारखीहरूको ध्यान भने खासै गइरहेको हुँदैन । केही यस्ता घरेलु तरिका पनि छन् जसले अनुहार चम्काउनमा सजिलै मद्दत गर्दछ ।

– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने। – एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ। – अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ। – काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ। – काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ। – अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ। – सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्