निद्रा नलागेर हैरान हुनुहुन्छ ? निद्रा ल्याउने प्रभावकारी उपाय यस्तो छ


 


आधुनिक जीवनशैलीका कारण राम्रो निद्रा के हो भन्ने मानिसले भुलिसकेका छन् । अधूरो निद्रा नै आजभोलिका मानिसको यथार्थता हो । निद्रा नपु–याउँदा स्वास्थ्यलाई नराम्रो असर पुग्छ । यहाँ हामी निद्रा ल्याउने प्रभावकारी उपाय बताउँछौं ।यो प्रक्रिया गर्दाखेरी शुरुमा हुश आवाज निकाल्दै मुखले सास छोड्नुस् अनि पछि मुख बन्द गरेर बिस्तारै नाकबाट सास तान्नुस् ।

अनि फेरि सात गन्दासम्म सास रोक्नुस् । अनि आठ गन्दाखेरी मुखबाट सास छोड्नुस् ।त्यसैगरी फेरि सास तान्नुस्, केही सेकेन्ड रोक्नुस् र मुखबाट छोड्नुस् । यो प्रक्रियालाई तीन चक्रमा पूरा गर्नुस् । यो विधिका लागि कुनै अर्को साधन आवश्यक छैन । तपाईंको दृढ निश्चय मात्र आवश्यक छ ।

छिटो निद्रा ल्याउने यो राम्रो उपाय हो । सासको तालमेल चाहिँ मिलाउनुपर्छ यो गर्दा । गहिरो सास लिएर छोड्नुस् । यसो गर्दा थकान टाढा भाग्छ । मुटुले सामान्य गतिमा काम गर्न सक्छ । दिमागको नसामा शान्ति प्राप्त हुन्छ । तनाव दूर हुन्छ अनि शरीर पनि हल्का हुन्छ । अनि तपाईंलाई निद्रा लाग्छ । अनिद्राको समस्या हटाउनका लागि यो उपाय अपाउनुभन्दा एक हप्ताअघिदेखि चिया, कफी, सफ्ट ड्रिंक, तेल हालेको खानेकुरा, जंक फूड, चकलेट, रक्सी र सिगरेट जस्ता कुरा छोड्नुस् ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्