मधुमेह भएकाले केरा खान हुन्छ ?


 


केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ । तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ । एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ । रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ । १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।

कम चिनी भएका फलपूmलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् । यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ । केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न । किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ ।

मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आपूmले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ । मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ । यसैबाट आपूmलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ । नस्याच्युरेडेड चिल्लो वा स्वस्थ चिल्लोका स्रोत जस्तो कि बदाम, गेडागुडीसँग केरा खाँदा शरीरलाई बढी फाइदा पुग्छ । रगतको ग्लुकोजमा यसले सकारात्मक प्रभाव पर्ने देखिएको छ । यस अतिरिक्त दहीसँग केरा खाँदा पनि शरीरलाई धेरै राम्रो हुन्छ । विशेषगरी पाचन प्रणालीलाई यसले फाइदा मिल्छ ।

अनुसन्धानकर्ताले रगतको ग्लुकोजमा काँचो केराको प्रभाव जाँच गरेका छन् । हरियो केरा वा पूरै नपाकेको केराले रगतमा ग्लुकोजको मात्रा खासै नबढाउने पाइएको छ । किनभने काँचो केरामा कम चिनी हुन्छ । साथै काँचो केरामा शरीरले सजिलै पचाउन नसक्ने स्टार्च हुने भएकाले रगतमा ग्लुकोजको मात्रा विस्तारै वृद्धि हुन्छ ।

मानिसले दिनमा कति केरा खानुपर्छ भन्ने कुरा उसको शारीरिक क्रियाकलाप र रगतमा चिनीको मात्रामा केराले पार्ने प्रभावमा भर पर्छ । कडा परिश्रम गर्नेले बढी केरा खान सक्छन् । केही मानिसको रगतमा चिनीको मात्रा केरा वा अन्य फलप्रति बढी सम्वेदनशील पनि हुन्छ।

प्रकाशित मिति: १५ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्