संघीय समाजवादीकाे सचिवमा अजम्बर


 


Ajambar Kanmang Raiकाठमाडाैं, साउन ९

अजम्बर रार्इ काङमाङ संघीय समाजवादी फोरम नेपालकाे सचिवमा मनाेनित भएका छन् । केन्द्रीय सदस्य रहेका काङमाङलाई सचिवमा मनोनयन गरिएको छ । शनिबार सम्पन्न संघीय समाजवादी फोरमको केन्द्रीय समितिको तेस्रो बैठकले काङमाङलाई सचिवमा मनोनयन गरेको हो ।

त्यस्तै पार्टीको केन्द्रीय सल्लाहकार समितिको प्रमुखमा डा महेशमान श्रेष्ठलाई चयन गरिएको छ । काङमाङ सचिव र श्रेष्ठ अनुशासन समितिको प्रमुखमा छनोेट भएको केन्द्रीय सदस्य पूर्णबहादुुर बस्नेतले फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति: ९ श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्