धनगढीकी खगित्राले जन्माइन् चम्ल्याहा बच्चा, जुन विश्वकै दुर्लभ घटना




काठमाडौं, असोज ९
कैलालीको धनगढीकी खगित्रा शाहीले चम्ल्याहा बच्चा जन्माएकी छन् । २७ वर्षीया शाहीले काठमाडौंको मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

आठ महिनाको गर्भपछि शल्यक्रिया गरेर शिशुहरु निकालएको अस्पतालकी प्रसूशि तथा स्त्रीरोग विशेषज्ञ डा., चन्दा कार्कीले बताइन् । उनकाअनुसार चारै जना बच्चाको स्वास्थ्य अस्थिर रहेकाले एनआइसीयूमा राखेर उपचार भइरहेको छ । शिशुहरुको तौल नौ सय ५० ग्रामदेखि एक केजी दुई सय ग्रामसम्म छ ।

सामान्यतया स्वस्थ शिशुको तौल दुई केजी पाँच सय ग्राम हुनुपर्छ । आमालाई पनि ज्वरोको समस्या देखिएको छ । शाहीको यसअघि पनि पहिलो सन्ताका रुपमा एक छोरी छिन् । अस्पतालकाअनुसार यो घटना विश्वकै दुर्लभ घटना हो । चार लाख गर्भवती महिलामा मात्रै यस्तो घटना हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News