पत्रकार सेजुवाललाई चौतारीको सहयोग


 


choutari sahayogकाठमाडाैं, साउन ११

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ । बिगत डेढ महिनादेखि ट्रमा सेन्टरमा उपचार गराईरहेका पत्रकार सेजुवालको उपचारमा आर्थिक अभाव देखिएपछि चौतारीले सोमवार अस्पतालमै पुगेर सहयोग गरेको हो ।

पत्रकार सेजुवाललाई चौतारीका अध्यक्ष गणेश बस्नेतले ८१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए । बोन टिबीबाट पीडित पत्रकार सेजुवाल प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य एवं कर्णाली अञ्चल इञ्चार्ज हुन । उनको उपचारमा आर्थिक अभाव भएपछि चौतारीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरेको हो ।

चौतारीको गत ८ जेठमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनकै बेला सेजुवाल बिरामी परेका थिए । परीक्षणको क्रममा बोन टीबीको रोग पत्ता लागेपछि गत २७ असारमा उनको सफल सल्यक्रिया गरिएको थियो ।

सल्यक्रियापछि उनी अस्पतालमै आराम गरिरहेका छन । प्रेस चौतारीले पूर्वकेन्द्रीय सदस्य सेजुवालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग गर्न सवैलाई आह्वान पनि गरेको छ । उनलाईनेपाल पत्रकार महासंघले यसअघि नै १५ हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

‘संगठन धनी छैन, तर सवै सदस्य साथीहरुको खुसीमा मात्रै होइन, दुःखमा पनि साथ दिनुपर्छ भन्ने मान्यता साथ सहयोग हस्तान्तरण गरिएको छ, हाम्रो यस अभियानलाई सहयोग गर्न सवैसँग आग्रह पनि गर्दछौं,’ चाैतारी अध्यक्ष गणेश बस्नेतले भने । सहयोग हस्तान्तरण गर्न अध्यक्ष बस्नेतको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरू अस्पताल पुगेका थिए ।

प्रकाशित मिति: ११ श्रावण २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्