महिलामा यौन इच्छा बढाउने नयाँ औषधि आयो



महिलाहरुमा यौन इच्छा बढाउने नयाँ औषधि आएको छ । अमेरिकी सरकारले उक्त औषधिलाई स्वीकृत समेत गरिसकेको छ । औषधिको नियमन गर्ने अमेरिकी निकायले महिलाले प्रयोग गर्ने भ्लेसी नामक भियाग्रालाई स्वीकृत गरेको हो ।

यसको प्रयोगले यौन इच्छा कम भएका महिलामा यौन इच्छा वृद्धि हुनेछ । यसले यौन इच्छासँग जोडिएको मस्तिष्कसँग जोडिएको ‘पाथवे’ लाई सक्रिय बनाउँछ । यो भियाग्रा सेप्टेम्बरदेखि औषधि बजारमा आएको छ ।

बजारमा आएसँगै खरिदविक्री समेत ह्वात्तै बढेको सञ्चारमाध्यमले जनाएका छन् । यसअघिको भियाग्रा एड्डयी प्रयोग गर्दा रक्सी खानु हुँदैनथ्यो । तर भ्लेसी प्रयोग गर्दा रक्सी खान रोक लगाइएको छैन ।

यो औषधि यौन सम्बन्ध कायम गर्नु भन्दा ४५ मिनेट एक डोज लिनुपर्ने चिकित्सकहरुले बताएका छन् । यस्तै, २४ घण्टाभित्र एक डोज भन्दा बढी र महिनामा ८ डोज भन्दा बढी लिन नहुने उनीहरुको सुझाव छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News