बस दुर्घटनामा दुईजनाको मृत्यु, ९ जना घाइते


 


1470982053roadकैलाली, साउन २८ । कैलालीको सहजपुर–९ मारभट्टी मोडमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

डोटी सदरमुकाम दीपायलबाट धनगढी आउँदै गरेको ना ६ ख १६९१ नम्बरको बस गएराति दुर्घटना भएको हो । दुर्घटनामा डोटी वासुुदेवी–१ का योगेन्द्र विक र सीबी लुहारको मृत्यु भएको छ ।

घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते बसका चालक शेरबहादुर कडायत र महाविर कडायतलाई थप उपचारका लागि भारतको बरेली लगिएको अत्तरिया प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्