परीक्षाफल प्रकाशित


 


काठमाडौँ, साउन ३०  । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल वैशाख÷जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७२ नियमित) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार पनि थाहा पाउन सकिनेछ । साथै, ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्