कैँची प्रहारबाट श्रीमतीको हत्या


 


उर्लाबारी (मोरङ), भदौ २

मोरङको पथरी शनिश्चरेमा श्रीमानको कैँची प्रहारबाट बुधबार एक महिलाको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० पिपलडाँडा बस्ने ४६ वर्षीय बिनोद परियारले मङ्गलबार सामान्य वादविवादमा ३७ वर्षीया श्रीमती कल्पना परियारलाई कपडा काट्ने कैँचीले टाउकोमा प्रहार गरेका थिए ।

घाइते कल्पनाको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए । श्रीमतीको हत्या गर्ने श्रीमानलाई इप्रका, पथरीमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्