भ्यागुतालाई भात !


 


भक्तपुर, भदौ २

bhyagutaजनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाई यो परम्परा मनाएका हुन् ।

भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ । खेतमा कीरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा गरी भोजन गराउने परम्परा रहेको किसान बताउँछन् ।

रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेलकाे भनार्इ छ ।

प्रकाशित मिति: २ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्