पत्रकार सन्तति शैक्षिकवृत्ति कार्यक्रम सुरु


 


suryamani goutamकाठमाडौँ, भदौ ६

नेपाल पत्रकार महासङ्घले यसै वर्षदेखि सञ्चालन गरेको पत्रकार सन्तति शैक्षिकवृत्ति कार्यक्रम जाजरकोटबाट सुरु गरेको छ । जाजरकोटका स्व पत्रकार वीरबहादुर शाहीका सन्ततिलाई शैक्षिकवृत्ति प्रदान गरी कार्यक्रमको सुरु गरिएको महासङ्घद्धारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकारिता क्षेत्रमा कार्यरत रहँदाकै बखत हत्या वा भवितव्यमा परी वा अन्य कारणबाट निधन भई निजका सन्ततिको पठनपाठनमा पर्ने समस्यालाई मध्यनजर गरी सो वृति स्थापना गरिएको हो ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले शाहीका पत्नी सरस्वतीलाई सन्ततिवृत्ति बापत रु ५० हजारको चेक हस्तान्तरण गरे । काेषाध्यक्ष गाैतमले महासङ्घले सुरु गरेको पत्रकारको सामाजिक सुरक्षाअन्र्तगत यस वर्ष चार जना पत्रकारका आश्रित परिवारलाई शैक्षिक वृति उपलब्ध गराइने जानकारी दिए ।

महासङ्घ जाजरकोट शाखाका सदस्य शाहीको २०७१ माघ १९ गते नायकबाडामा रुखले च्यापेर निधन भएको थियो । शाहीका पाँच र दुई वर्षका छोरा छन् ।

प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्