बाेक्सीकाे अाराेपमा हत्या


 


नेपालगञ्ज, भदाै ९

बाँकेमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ । नौवस्ता–९ तिलकपुरकी ४० वर्षीया टण्डी थारुलाई सोही ठाउँका २३ वर्षीय ड्रेस थारुले बोक्सीको आरोप लगाउँदै चिर्पटले हानेर ८ भदौ राति हत्या गरेका हुन् ।

आफ्नी श्रीमतीलाई बोक्सी लागेको भन्दै ड्रेसले चिर्पटले टाउकोमा हानेर टण्डीको हत्या गरेको कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । चिर्पटले हानेर घाइते भएकी टण्डीको शिक्षण अस्पताल कोहलपुरमा सामान्य उपचारपछि लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हत्या आरोपी अहिलेसम्म फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको डिएएसपी काफ्लेले बताए ।

प्रकाशित मिति: ९ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्