उमेर ३० वर्ष नाघ्यो ? ध्यान दिनुहोस् मिर्गौला फेल हुनसक्छ


 



काठमाडौं, मंसिर ८
जलवायु परिवर्तन र हाम्रो खानपानले वर्षेनि नसर्ने रोगको जोखिम बढ्दै गइरहेको छ । बसाई सरेर आउने र जागिरे जीवन विताइरहेका व्यक्तिहरु नसर्ने रोगको बढी सिकार भइरहेका छन् ।

त्यसमध्ये पछिल्लो समय मिर्गौला फेल हुने समस्या बढ्दै छ । एक तथ्यांकअनुसार नेपालमा मात्रै वर्षेनि तीन हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको छ । खानपान र जीवनशैलीकै कारण मिर्गौलामा समस्या अइरहेको बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन्।

मिर्गौला रोगको लक्षण नदेखिने भएकाले पनि मानिसहरु मिर्गौलाको चोकजाँचमा खासै ध्यान नदिने गरको उनले बताए । उनलेअनुसार पछिल्लो समय एकैपटक मिर्गौलाको समस्या लिएर आउने रोगीको संख्या बढ्दै गएको बताए । उ

नकाअनुसार ३० वर्ष नाघेपछि स्वास्थ्यमा बढी जोखिम हुन्छ । यसमा लागि नियमित स्वस्थ्य जाँच गर्नुपर्छ । ३० वर्ष नाघेपछि नियमित जाँच गर्नुपर्नेमा धेरैजस्ताले बेवास्ता गर्ने गरेको डा. काफ्लेको भनाई छ ।

पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्ने बानीले मिर्गौलालगायत सम्बन्धी रोगहरु बढिरहेका छन् । विलासी र निस्कृय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको बढी जोखिम छ ।

सन्तुलित भोजन र व्यायाम नगर्ने तर, सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई मिर्गौलाको समस्याका साथै रक्तचाप, हृदयघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह र दमको समस्या देखिएको चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति: ८ मंसिर २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्