यसरी गर्नुस् सम्भोग, चरम सुख प्राप्त हुनेछ !


 


 

डा. दिनेश बाँस्तोला

यौनप्रतिको दृष्टिकोण पुस्तौँपुस्ता एकै किसिमको हुन्छ भन्ने छैन। समयको परिवर्तनसँगै एक पुस्ताको दृष्टिकोण अर्को पुस्तामा पुग्दा परिवर्तन हुनु स्वभाविकै हो। यसको अर्थ हाम्रा पुर्खाले लिएको यौनको दृष्टिकोण आज मिल्छ भन्ने हुन्न।

त्यसैगरी यौनको मामलामा मैथुन भनेको आधारभूत क्रिया हो। मैथुनको अर्थ योनिभित्र लिंग घुसाउनु हो। यो पुरानो धारणा हो। अर्कोतर्फ परिवर्तित दृष्टिकोणअनुसार मैथुनको अर्थ यौनको धेरै विकल्पमध्ये यौन सम्पर्क छनोटको एक विषय हो।

जे भए पनि यौन क्रियाकलापमा सहभागिता हुनुको उद्देश्य यौन जोडीले यौनानन्द प्राप्त गर्नु नै हो। यौनान्दको स्वाद लिनका लागि दुवै यौन जोडीले केही कुरामा भने ध्यान दिनै पर्छ। यौनानन्द लिन दुवै यौन जोडीले केही सहज टेक्निक अपनाउन सकिन्छ।

स्पर्शको सञ्चार

यौनका लागि यौन जोडीबीचको शारीरिक स्पर्श अनिवार्य सर्त हो। यौन जोडीबीचको शारीरिक स्पर्शले यौन उत्तेजना तथा यौनानन्दमा महत्वपूर्ण भूमिका खेल्छ। यौनजन्य सञ्चारका विभिन्न माध्यममध्ये शारीरिक स्पर्श पनि एक हो। हातले शरीरका यौनाङ्ग चलाएर होस् वा शरीर स्पर्श गरेर नै किन नहोस् यसले जोडीबीचमा यौनको सञ्चार गर्छ। यौन जोडीबीचमा आँखा जुधाएर यौन क्रियाकलाप गर्नु आनन्दमयी हुन्छ। यसले दुवै यौन जोडीलाई यौनानन्द मिल्छ। यौन जोडीबीच छोटोमिठो यौनजन्य गफले संयुक्त यौनयात्रामा सहजता ल्याउँछ।

कामोत्तेजना आउनका लागि महिलाको ‘क्लाइटोरिस’ र पुरुषको लिंग सिधा माथि ठडिन आवश्यक हुन्छ। यो शरीरको स्वचालित पुनरावृत्ति तथा प्रक्रिया हो। तर सधैँ यी चिह्न र संकेतले कामोत्तेजनाको संकेत गर्छ नै भन्ने छैन।

बराबरी हिस्सा

यौन सम्बन्ध तथा सम्पर्कमा सहभागी हुने यौन जोडीबीच बराबरी तीव्र (उत्कट) आनन्दको हिस्सा बाँडिन्छ। यो आधुनिक धारणाअनुसार यौन जोडीमध्ये एक व्यक्तिमा मात्रै यौनानन्द भएर हुँदैन, यौनजोडी दुवैलाई हुन आवश्यक हुन्छ। त्यति मात्रै हैन यौन सम्पर्कको क्रममा योनिभित्र लिंग पसाउँदै बाहिर निकाल्दै गरेर मात्रै यौनानन्द हुन्न। दुवै जोडीलाई यौनानन्दका लागि त शारीरिक तथा मानसिकरुपमा तयार हुन आवश्यक हुन्छ।

समानता, अभिन्नता र घनिष्ठताले यौन जोडीवीचको गन्तव्य तथा दिशाको भविष्यवाणी गर्न सकिन्छ। यसले यौन जोडीबीचको सुखः, आनन्द तथा यौन क्रियाकलापमा सहजता ल्याउँछ।

यौनजन्य क्रियाकलापमा पुरुषले महिलाको योनिमा लिंग घुसाउने र दुवै यौन जोडीले पाउने तथा ग्रहण गर्ने आनन्द निक्कै आनन्ददायी हुन्छ। यौन क्रियाकलापमा यौन जोडी एक आपसमा समाहित हुनु नै यौनानन्दको एक मुख्य आधार हो। दुवै यौनजोडीले यौनानन्द लिन एक आपसमा मानसिक तथा भावनात्मकरुपमा विलय हुन सक्नु पर्छ। जोडीमध्ये एक आनन्दमा डुब्ने र अर्को नडुब्ने हुँदा समस्या उत्पन्न हुन पुग्छ।

कामोत्तेजनाको बिन्दु

कामोत्तेजना यौनजन्य क्रियाकलापको पूर्णता पनि हो। यौनजन्य उत्तेजनाका कारण महिलाको योनि र पुरुषको लिंगका मांशपेशी खुम्चँदा कामोत्तेजनाका संख्याहरु स्नायु मांशपेशीको प्रतिक्रियासँग सम्बन्धित हुन्छन्। जसले यौन जोडीलाई आनन्द दिन्छ।

यौनजन्य पूर्ति ज्यादै नै जटिल र कठिन अन्तरव्यक्तिगत विधि हो। जहाँ जवाफदेहिताको आवश्यकता हुन्छ। जोडी यौन क्रियाकलाप गर्ने मात्रै नभएर कसरी यौनानन्द लिन सकिन्छ भन्ने दृष्टिकोणमा ध्यान दिन आवश्यक हुन्छ। जसले दुवै यौन जोडीको सम्बन्धमा प्रगाढपन ल्याउँछ।

यौन क्रियाकलापको क्रममा दुवै यौन जोडी एक–आपसमा यौनसम्पर्कका लागि समाहित भएर यौनानन्दमा डुब्न जानेको खण्डमा जोडीबीच स्वचालितरुपमा यौनप्रतिक्रिया उत्पन्न हुन्छ। यस्तो अवस्थामा यौनाङ्ग खुम्चने तथा संकुचन हुन्छ। यौनाङ्गको खुम्च्याई वा संकोचन नै कामोत्तेजनाको चरम बिन्दु हो। यसरी यौनाङ्गको खुम्च्याई तथा संकोचनले यौनजन्य क्रियाकलाप प्रोत्साहित भई आनन्दको प्रतिवर्तिक्रिया (प्रतिक्रिया) सहजरुपमा अनुभूति हुन्छ।

शारीरिक तथा भावनात्मक र ज्ञानका कारण यौन अनुभव पूर्ण गरिन्छ। जसलाई प्रेमको कामोत्तेजना भनिन्छ। यौन क्रियाकलापको क्रममा यौनाङ्ग तथा जाङको मांशपेशी खुम्चन्छ नै भन्ने पनि छैन। व्यक्तिले चाहेर खुम्चने र फुक्ने हैन। स्वचालितरुपमा हुन्छ।

थकित पुरुष

कामोत्तेजनाको समयमा पुरुषको तुलनामा महिलालाई बढी डर–चिन्ताजस्ता समस्याका कारण कठिनाइ, कस्ट, दुःख झमेला तथा असुविधा र तक्लिन हुन्छ। महिलाको यस्तो अवस्थाको महसुसको अनुभूति पुरुष यौन जोडीले गर्न आवश्यक छ। यौन क्रियाकलाप तथा यौन सम्पर्कको क्रममा महिलालाई यस्तो समस्याबाट छुटाउने सहज माध्यम पुरुष यौन जोडी बन्नु उचित हुन्छ।

पुरुष केही समयको आरामपछि पुनः यौनजन्य क्रियाकलाप गर्न सक्षम हुन्छ। महिला भने सधैँजसो उनलाई यौन इच्छा र चाहना भएको अवस्थामा एक पटकमा लामो समयसम्म यौन सम्पर्कका लागि टिकिरहन सक्छिन्। पुरुष तुरुन्तै स्खलित हुने भए पनि महिला सजिलै शिथिल हुन्नन्। यस्तो अवस्थामा पुरुषलाई पुनर्ताजगी अवस्थामा ल्याउन महिलाको भूमिका त्यत्तिकै हुन्छ। पुरुषलाई आराम गर्ने समय दिएर पुनः उत्तेजनामा ल्याउन सकिन्छ।

व्यक्तिको स्नायुजन्य प्रतिक्रियाका कारण पुनः सक्रिय हुने भएकाले केही समय आराम गरेपछि दुवै यौन जोडी पुनः यौन क्रियाकलापका लागि तयार हुन सक्छन्। महिलाको तुलनामा पुरुष कामवासनामा व्यापक र फराकिलो विविधतामा रहेका हुन्छन्। यसका लागि महिला यौन जोडीको प्रेरणा भने आवश्यक हुन्छ।

योनिभित्र लिंग पस्दा कस्तो प्रतिक्रिया हुन्छ भन्ने एकिन नभए पनि शरीरजन्य क्रियाकलापको प्रतिक्रियाले प्रभाव पारेको हुन्छ। पुरुषको तुलनामा महिला यौनजन्य क्रियाकलापमा बढी नै सुस्त र निस्क्रिय हुन्छन्। समय, चाल, गति तथा शीघ्रता नै यौन सम्पर्कको मुख्य रहस्य हैन। यौनजन्य प्रतिक्रियाको परिवर्तनशील अवस्थाको मापन मानसिक, भावनात्मक बोधसँग सम्बन्धित हुन्छ।

पूर्ण वीर्य स्खलन

यौन क्रियाकलापमा सहभागी भएपछि वीर्य स्खलन गर्नु अनिवार्य सर्त हो। भनिन्छ, ‘यौनजन्य क्रियाकलापका लागि लिंगसम्बन्धी विवेक हुन्न।’ पुरुषले आफ्नो वीर्य स्खलन यौन क्रियाकलापको लामो समयसम्म रोक्न सक्दैन। वीर्य स्खलन भएको समयमा पुरुषले पूर्ण रुपमा वीर्य स्खलन गर्नु उचित हुन्छ। यसरी वीर्य स्खलन रोक्दा वीर्यले बाटो परिवर्तन गरी पिसाब थैलीमा पुग्छ। पिसाब थैलीमा पुगेको वीर्य पिसाबको माध्यमबाट बाहिर निस्कन्छ। यौन सम्पर्कको क्रममा वीर्य रोक्ने कोसिस गर्नु ठिक हैन भन्ने कुरा पुरुषले मात्रै हैन महिला यौन जोडीले समेत बुझ्न आवश्यक हुन्छ। यसरी वीर्य स्खलन हुन नदिई रोक्दा लिंग दुख्छ।

कामोत्तेजनाको समयमा महिला यौन जोडीले संयमित भई पुरुष यौन जोडीको वीर्य योनिभित्र स्खलन गर्न दिनु उचित हुन्छ। त्यति मात्रै हैन बुद्धिमान महिलाले यौन सम्पर्क गरिरहेको अवस्थाको पुरुष यौन जोडीलाई पूर्णरुपमा वीर्य स्खलन भएको वा नभएको बारेमा सोध्नु उपयुक्त हुन्छ। यदि नभएको भए स्खलित गर्ने मौका दिनु पर्छ। यसले दुवै यौन जोडीलाई यौनानन्द मिल्छ। हुन त वीर्य स्खलन स्वाभाविक क्रिया हो। यौन क्रियाकलापको क्रममा हुने शारीरिक तथा मानसिकरुपमा यौनानन्दको सूचक समेत हो, वीर्य स्खलन। पूर्णरुपमा वीर्य स्खलन नहुँदा विशेषगरी पुरुषलाई शारीरिक तथा मानसिक पीडा हुने भएकाले यसमा यौन जोडी सचेत हुन आवश्यक छ।

वीर्य स्खलनको समयमा पूर्णरुपमा वीर्यलाई स्खलित गराउनु पर्छ। यो यौनको आनन्दमयी क्रियाकलापलाई भिन्न प्रसंगका रुपमा खुट्याउनु हुन्न। यौन क्रियाकलापको क्रममा धेरै कुरामा विचार पु-याउनु आवश्यक हुन्छ। यस्तो अवस्थामा यौन जोडीले यौन बाहेकका अनावश्यक विषयवस्तु तथा प्रसंग सोच्नु अनुचित हो। यसमा दुवै यौनजोडी सचेत हुन आवश्यक छ। शुक्रबार साप्ताहिकबाट साभार

प्रकाशित मिति: १३ मंसिर २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्