सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला


 


supreme-court

काठमाडौँ, भदौ १९

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

सो आदेशसँगै सरकारलाई राजदूत नियुक्तिका लागि बाटो खुलेको छ । आदेशमा भनिएको छ, “कार्यपालिकाले राष्ट्रिय प्रतिनिधित्व गर्न निर्देशन र नियन्त्रणमा रही काम गर्नुपर्ने हुँदा कार्यपालिकाले नियुक्ति वा बर्खास्त गर्न पाउने छ ।”

प्रकाशित मिति: १९ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्