प्रधानसेनापति क्षत्री र सेनाध्यक्षहरुबीच भेट


 


senapati manila photo (1)
प्रधानसेनापति क्षत्री ब्रुनाइका सेनापतिसँग भेटवार्ता गर्दे

काठमाडौं, भदाै २०

प्रधानसेनापति राजेन्द्र क्षत्रीले फिलिपिन्सको मनिलामा बिभिन्न देशका सेनाध्यक्षहरुसँग भेट गरेका छन् । मनिलामा संचालन भईरहेको एसिया प्रशान्त क्षेत्रीय देशहरुका सैनिक प्रमुखहरुको बार्षिक सम्मेलनमा सहभागी हुन गएका प्रधानसेनापति क्षत्रीले सोमबार फिलिपिन्स, जापान, थाईल्याण्ड, सिंगापुर र ब्रुनाइका सेनाध्यक्षहरुसंग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानसेनापति क्षेत्रीले बेलायत र न्युजील्याण्डका समकक्षीहरुसँग समेत छुट्टाछुट्टै भेटवार्ता गरे । उक्त भेटघाटको क्रममा उनीहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: २० भाद्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्