के चिनियाँं राष्ट्रपति सि जिनपिङको भ्रमण रद्ध भएकै हो ?


 


shi jinping

काठमाडौं, भदौ २२

चिनियाँं राष्ट्रपति सि जिनपिङले अक्टोबरमा गर्ने भनिएको नेपाल भ्रमण रद्ध गरेका छन् । चिनियाँ अधिकारीले यसअघि भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा सहभागि हुने शिलशिलामा एक दिने नेपाल भ्रमण गर्ने बताएका थिए ।

भारतीय दैनिक द इण्डियन एक्सप्रेसका लागि काठमाडौबाट युबराज घिमिरेले लेखेको समाचारमा दाहाल सरकारको गतिबिधिबाट असन्तुष्ट भएर भ्रमण रद्ध गरेको उल्लेख छ । भ्रमण रद्धले नेपाल र चीनबिचको द्धिपक्षीय सम्बन्धमा धक्का दिएको छ ।

असन्तुष्ट चीनले सि जिनपिङको नेपाल भ्रमण रद्ध शिर्षकमा काठमाडौस्थित चिनियाँ राजदुत उ चुन्ताईले परराष्ट्र सचिव शंकर बैरागीलाई दुई दिन अघि भेटेर भ्रमण रद्ध गरेको जानकारी गराएको उल्लेख छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको सेप्टेम्बर ३० देखि हुने तीन दिने भारत भ्रमणको तयारी भइरहेका बेला चिन सरकारको यो निर्णय आएको हो ।

श्रोतहरु उद्धृत गर्दै घिमिरले लेखे अनुसार, चिनियाँ राष्ट्रपति सि जिनपिङको वान बेल्ट बान रोड परियोजनामा जोडिन नेपाली पक्षद्वारा तयारी नगरिएको र पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा समेत वर्तमान सरकार तयार नदेखिएपछि अचानक भ्रमण रद्ध गरिएको हो । पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आत्मानिर्भरको बाटोमा लैजानका लागि चीनसंग ऐतिहासिक यातायात तथा पारवहन लगायतका केही ऐतिहासिक सम्झौता र समझदारी गरेका थिए ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको भारतले ओली सरकारको नेपालको व्यापारलाई बिबिधिकरण गरी आत्भानिर्भर बनाउने बाटोप्रति असतुष्टी जनाउँदै सरकार ढाली दाहाललाई प्रधानमन्त्री बनाउने योजना कार्यान्वयन गरेको थियो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा भएमा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन तिब्र अघि बढ्नेमात्र नभएर केही थप ऐतिहासिक घोषणा हुने तयारी भइरहेका बेला अत्तालिएको भारतले दाहाल सरकारमाथि भ्रमण नगराउन दबाब दिएको थियो ।

दाहालले सन्तुलन छिमेक नीतिका लागि भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाएपनि बेइजिडले महरालाई बिश्वास नगरेका विवरण सार्बजनिक भएका थिए । महराले बिगतमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन भनि ५० करोड चिनियाँ व्यापारीसंग मागेको मात्र नभएर पछिल्लो समय भारतीय बिश्वासपात्रका रुपमा काम गरेकोले बिश्वास गर्न नसकिने चिनियाँ अधिकारीले बताउँदै आएका छन् ।

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्