सरकारबाट बाहिरिएपछि उपेन्द्रले गरे कांग्रेससँग सहमति


 



काठमाडौं, पुस १९
सत्ताबाट बाहिरिए लगत्तै समाजवादी पार्टीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग एक बुँदे सहमति गरेको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सहमति भएको हो।

दुई दलबीच माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। कांग्रेस र समाजवादीबीच प्रदेश २ मा हुने चार पदका लागि सहकार्य गर्ने सहमति भएको उल्लेख छ।

‘२०७६ माघ ९ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस र माजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति बमोजिम प्रदेश नम्बर–२ मा हुने ४ पदको निर्वाचनमा नेपाली कांग्रेसका तर्फैबाट महिला र अल्पसंख्यक र माजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति गरियो’, सहमतिमा भनिएको छ।

सरकारमा उपप्रधान तथा कानुनमन्त्री रहेका यादवले सत्ताबाट बाहिरिएको केही सातामै प्रतिपक्षी दलसँग सहकार्य गरेका हुन्। अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: १९ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्