मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ


 


pakrau

चितवन, भदौ  २३   चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई
कालिका नगरपालिका पदमपुरका १८-१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो ।
यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी ९नाम परिवर्तित० हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन ।
अभियुक्त तामाङले दिदी मायाँको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पु¥याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताउनुभयो ।

उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पु¥याउने गरेको उहाँले जानकारी गराउनुभयो । चालु आवमा मनव बेचबिखनको यो पहिलो मुद्दा भएको तर आव २०७२÷०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्दामा १८ जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुँदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रासस

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्