अमेरिका–इरान तनावले नेपालमा कस्तो असर पर्ला ?


 



काठमाडौं, पुस २२
इराकका ६ छिमेकी मुलुकमध्ये साउदी अरब र कुवेतमा नेपाली कामदारको संख्या धेरै छ । साउदी अरबमा करिब चार लाख र कुवेतमा ७० हजार नेपाली छन् । जोर्डनमा ११ हजारको संख्यामा छन् ।

इरान–इराक र अमेरिकाबीच द्वन्द्व चर्किए यी देशबाट नेपाली बाहिरिनुपर्ने अवस्था निम्तिन्छ । यसले नेपालमा आउने रेमिट्यान्समा पनि असर गर्छ । इरान र अमेरिकाबीच द्वन्द्व बढ्दा भारतमा पेट्रोलियम पदार्थ (पेट्रोल र डिजेल) अभाव हुनेछ ।

इरान, इराकबाट आयात गरेको पेट्रोल भारतले नेपालमा बेच्दै आएको छ । ‘यो अवस्थामा तेलको अभाव र भाउ दुवै बढ्ने सम्भावना हुन्छ,’ एक पूर्वराजदूतले भने, ‘यसबाट नेपालको यातायात र विकासका कामसमेत प्रभावित हुनेछन् ।’ भारतले इराकबाट पनि पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । एक अनौपचारिक तथ्यांकअनुसार इरानबाट भारतले करिब ४० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सार्कको अध्यक्ष मुलुकका नाताले नेपालले विवेक प्रयोग गर्नुपर्ने वेला आएको बताए । ‘मध्यपूर्वमा परिस्थिति बिग्रिँदै गएको छ । यो सबैका लागि चिन्ताको विषय हो,’ पाण्डेले भने, ‘नेपालले सार्क मुलुकको अध्यक्षको हैसियतले शान्ति र स्थायित्वका लागि विवेकको आवाज उठाउनुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २२ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्