कानुन व्यवसायी महिलाको सम्मेलन शुक्रबार


 


law

काठमाडौँ,  भदौ २३   देशभरका कानुन व्यवसायी महिलाको व्यावसाययिक दक्षता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि १५ औँ राष्ट्रिय कानुन व्यवसायी महिला सम्मेलन यहाँ हुँदैछ ।

नेपाल बार एसोसिएसन, महिला समितिले आयोजना गर्न लागेको सम्मेलन ‘आर्थिक क्षेत्रमा महिला सहभागिताः संवैधानिक हकको सुनिश्चितता’ भन्ने नाराका साथ हुन लागेको हो । महिलालाई व्यावसायिक दक्षता वृद्धि तथा पेसाप्रति प्रोत्साहन र उनीहरुको हकहितका लागि प्रत्येक वर्ष सम्मेलन आयोजना गर्ने गरिएको बार महिला समितिका अध्यक्ष उमा मल्ल पाठकले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट ५०० प्रतिनिधिको सहभागिता हुने बताइएको छ । दुईदिने सम्मेलनले कानुन व्यवसायी महिलाको हकहित सुनिश्चित गर्ने माग सहितको काठमाडौँ घोषणापत्र जारी गर्ने बताइएको छ । रासस

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्