‘संविधान संशोधन स्वार्थका लागि’ ; सत्यनारायण मण्डल


 


satya-narayan

बर्दिवास, भदौ २३  नेकपा (एमाले) स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले मधेसमा रहेको राजनीतिक, समाजिक र आर्थिक शोषणको अन्त्य मधेसकेन्द्रित दलबाट नहुने बताउनुभएको छ ।

महोत्तरीमा आज एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले मधेसका मुसहर, बाँतर, डोम, दुसाध, चमार र खत्वेलगायत दलित जाति र आदिवासी जनजाति समुदायको अवसरमा पहुँच बढाउने आन्दोलनको नेतृत्व आफ्नै दल एमालेले गर्ने जिकिर गर्नुभयो ।

आफ्नो दल प्रदेशको सीमाङ्कनका कुराभन्दा जनताका कुनै अधिकार सम्बोधन हुन बाँकी रहेको भए त्यसलाई सच्याउन वा स्पष्ट पार्न तयार रहेको मण्डलले बताउनुभयो । अहिले नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र मधेसवादी दलले संविधान संशोधनको कुरा मधेस समस्या सम्बोधनका लागि नभई सरकार गिराउने र बनाउने खेलका लागि ल्याएको आरोप पूर्वमन्त्री मण्डलले लगाउनुभयो । रासस

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्