प्रचण्डले दिने भनेको २० किलो चामल, दिनु भन्दा पहिले प्रचण्डलाई नै फिर्ता


 


karnali-people-return-rice-for-prachanda-1

कालिकोट, भदौ २४  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीमा जन्मिँदा र मृत्यु हुदाँ २० किलो चामल दिने भनेर गरेको घोषणाको कर्णाली बासीले घोर विरोध गरेका छन् ।

प्रचण्डले बिहीबार संसदलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका थिए ।

कर्णालीमा जन्मिँदा र मृत्यु हुदाँ २० किलो चामल दिने सरकारी नितिले कर्णाली बासीको आत्मसम्मानमा चोट पुगेको र कर्णालीप्रति सरकारको् हेपाहा प्रवृति अझैँ बाकीँ रहेको भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्तिले प्रष्ट्याएको छ  भन्दै विरोध गरको हो ।

अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय कालिकोट मार्पmत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझउनुका साथै २० किलो चामल दिने नितिविरुद्ध प्रतिकात्मक विरोधस्वरुप २० किलो चामलसमेत फिर्ता पठाएको अनेरास्ववियु कालिकोट जिल्ला सदस्य मायाराम चौलागाईँले बताए ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्