Deshko News
११ आश्विन २०८०, बिहिबार

प्रधानमन्त्रीको सम्बोधन स्थापित मान्यता विपरीत : नेम्वाङ



suvash-nemwang

विराटनगर, २४ भदौ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुभाष नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसद्मा गर्नुभएको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लगाउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नीति तथा कार्यक्रमको झल्को दिने गरी नयाँ कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो ।

नेता नेम्वाङले यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याएको हो भन्ने त्यसलाई प्रष्ट पार्नुपर्ने उल्लेख गर्दै यसअघि आफै सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा नयाँ कार्यक्रम ल्याउनु विधिसम्मत नभएकाले यसको जवाफ सरकारले दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पत्रकारको जिज्ञासामा नेता नेम्वाङले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने कार्य देश र जनताको हित विपरीत देखिएकाले संविधान संशोधन आपूmहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले संविधान संशोधनको सम्बन्धमा सरकारले आपूmहरुसँग कुनै छलफल नगरेको जानकारी गराउनुभयो ।

स्थानीय तहको निर्वाचनको सम्बन्धमा उहाँले संविधानअनुसार बनेको स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको खाकाअनुसार नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा व्यक्त पनि गर्नुभयो । रासस

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News