मन्त्रालय नै अख्तियारको छानबिनमा, पाँच कार्यक्रमका कागजपत्र नियन्त्रणमा


 


धनगढी , माघ १
मन्त्रालय नै अख्तियारको छानबिनमा, पाँच कार्यक्रमका कागजपत्र नियन्त्रणमा

स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

१६ वटा टाइप बी एम्बुलेन्स खरिद, ८८ वटा अल्ट्रासाउन्ड मेसिद खरिद, निःशुल्क बाँढ्ने औषधि खरिद, अस्पतालका लागि अक्सिजन प्लान्ट खरिद र निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले मन्त्रालयको सो सम्बन्धी सबै कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियारको कञ्चनपुर कार्यलयका प्रमुख बाबुराम खतिवडाले सामाजिक विकास मन्त्रालयका ती कार्यक्रमहरु अनुसन्धानको दायरामा ल्याइएको बताए ।

सुरुदेखि नै विभिन्न घटनानका कारण चर्चामै रहेको सामाजिक विकास मन्त्रालय पछिल्लो समयमा कमसल ट्रकलाई एम्बुलेन्स बनाएर स्वास्थ्य संस्थालाई वितरण गरेको अभियोगमा चर्चामा आएको थियो ।

एकपछि अर्को घटनाहरु सार्वजिक हुन थालेपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालय भ्रष्टाचारको अखडा भन्दै गएको आरोप लागेको छ । आजको कारोबार दैनिकबाट

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्