टुटल र पठाओका यात्रु ह्वात्तै बढे,आम्दानी दिनमै ३ हजार


 


काठमाडौं , माघ ३
पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत दैनिक ४५ हजारको हाराहारीमा सर्वसाधारणले यात्रा गरिरहेका छन् । यो सेवा प्रयोगका लागि एप डाउनलोड गर्नेको संख्या भने ११ लाखको हाराहारीमा छ ।

विशेषगरी विदेशबाट फर्किएका, देशमै बेरोजगार रहेका युवा पिँढी, एउटै कामले रोजीरोटी नचलेकाहरु र रोजगारीको सिलसिलामा राजधानी पसेकाहरुका लागि यस्ता दुई पाङ्ग्रे सेवाप्रदायक सवारी आम्दानीको राम्रो स्रोत बनेको छ।

कम्पनीले दिएको जानकारी अनुसार फुल टाइमरले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दा २५ देखि ३० ट्रिपसम्म यात्रु ओसार्न सक्छ । यो भनेको उसले दिनमा ३ हजारसम्म आम्दानी गर्नु हो । पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमतसमेत बढिरहेको छ । यो समाचार आज प्रकाशित भएको साप्ताहिकबाट लिइएको हो ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्