अनुसन्धान अधिकृत सहित तीनविरुद्ध मुद्दा


 


akhtiyaar

काँकडभिट्टा (झापा),भदौ २४   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँका प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्र सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान अधिकृत मिश्र, जिल्ला कार्यालय पाँचथर, लेखाफाँटका तत्कालीन सहायक सूचक धनराज अधिकारी र उदयपुरका सूचक प्रकाशकुमार राईविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धान अधिकृत मिश्रले राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पाँचथर र उदयपुरमा कार्यालय प्रमुख हुँदा रिक्त दरबन्दीका कर्मचारीको तलबभत्ता तथा रासनबापतको रकम हिनामिना गरेको र मिश्रलाई अधिकारी र राईले सघाएको आरोप छ । मिश्र, अधिकारी र राईले रु ४८ लाख १७ हजार ३०६ भ्रष्टाचार गरेको आयोगले जिकिर गरेको छ । रासस

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्