प्राधिकरणका कार्यकारी प्रमुखद्वारा राजीनामा



mukesh-kafle-250x300

काठमाडौँ,  भदौ २४  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरी बुझाइएको राजीनामापत्रमा उच्चस्तरीय राजनीतिक सहमति एवम् पछिल्लो दिनमा देखिएको असहज अवस्थाका कारण आफूले पदबाट हट्ने निर्णय गरेको उल्लेख छ । विसं २०७१ मङ्सिर १३ गते प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त हुनुभएका काफ्लेको कार्यकाल तीन महिना मात्रै बाँकी थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले काफ्लेले राजीनामा गरेको स्वीकार गर्नुभयो । प्रधानमन्त्रीलाई बुझाइएको राजीनामापत्र आजै ऊर्जा मन्त्रालयमा आइपुगेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । नयाँ प्रक्रियामा आधारमा प्राधिकरणको नेतृत्व चयन गर्ने तयारीमा मन्त्रालय रहेको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News