बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने


 


bp-koirala-health

इटहरी,  भदौ २४  अल इन्डिया मेडिकल साइन्स अफ कलेज दिल्लीका निर्देशक प्रा डा महेशचन्द्र मिश्रले प्रजातन्त्र र समाजवादका व्याख्याता बिपी कोइरालाको सम्मानमा स्थापित बिपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै चर्चित मेडिकल कलेज बन्न सफल भएकामा खुसी व्यक्त गर्नुभएको छ ।

बिपी कोइरालाको १०३ आँै जन्मजयन्ती तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले बिपीले नेपालमा मात्र नभएर भारतमा समेत राजनीतिक परिवर्तन र स्वतन्त्रताका लागि ज्यादै महत्वपूर्ण योगदान पु¥याउनुभएका कारणले प्रतिष्ठानमा नेपाल र भारतको ठूलो लगानी रहेको स्पष्ट पार्नुभयभो ।

उहाँले बिपीले जसरी नेपाली जनतालाई स्वस्थ बनाउने विषयमा चिन्तन गर्नुहुन्थ्यो आज सोही उद्देश्य पूरा गराउन यसको निर्माण भएकाले यसलाई बिपीको सपनासँग गाँसेर हेर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले स्थापनाका छोटो अवधिमा नै प्रतिष्ठानले मुटुको ‘ओपन हार्ट सर्जरी’लगायत महत्वपूर्ण उपचार प्रविधिमा सफलता हासिल गरिसके पनि अझै धेरैै काम गर्न बाँकी रहेको बताउनुभयो ।

उहाँका अनुसार निकट भविष्यमै प्रतिष्ठान परिसरमा चार सय शै्याको बाल तथा मातृत्व अस्पताल भवनसँगै दुई सय शैय्याको अर्बुदरोग अस्पताल र अर्को दुई सय शैय्याको न्युरो सर्जरी कार्डियोलोजी सेवाको विस्तारको योजना अघि बढाइसकिएको छ । रासस

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्