
ताप्लेजुङ र सङ्खुवासभा जिल्लाको सिमाना क्षेत्र, जलजलेमा अवस्थित रमणीय गुफापोखरी। तस्बिरः दिलकुमार लिम्बू/रासस

सुनसरीको इनरुवा नगरपालिका–८ मा शनिबार थ्रेसर मेसिनबाट मकै दाउनी गर्दै किसान । यतिबेला यहाँका किसानलाई मकै भित्र्याउने चटारो छ। तस्बिरः नवीन गड्तौला/रासस

डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलङ्गामा अवस्थित ऐतिहासिक ‘अमरगढी किल्ला’ मा अमरसिंह थापाको शालिक । समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ । बडाकाजी अमरसिंह थापाद्वारा

उदयपुरको कटारी–७ पाट्ने गाउँमा शनिबार साकेला सिली नाच्दै किराँत राई समुदाय । वैशाखे पूर्णिमा उभौलीका दिन जिल्लाको साकेला थानहरूमा विधिवत् पूजा गरी सुरू भएको साकेला सिली राई बस्ती रहेको गाउँगाउँमा

देउखुरीको राजपुर गाउँपालिका–३ स्थित खरदरियाबाट दैनिक पचास किलोमिटर भन्दा बढीको यात्रा गर्दै घोराही बजारमा दही बिक्री गर्न आएका किसान । गाउँमै खपत नहुने भएकाले उनीहरूले प्रतिव्यक्ति रु ४०० भाडा तिरेर

गुल्मीको पनाहा खोलामा शुक्रबार विपतजन्य घटनाको कृतिम अभ्यास गर्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी । तस्बिरः जनार्दन घिमिरे/रासस

लेखक मनिकर कार्कीद्वारा लिखित ‘अर्थदृष्टि’ अल्पविकासको अर्थ-राजनीति पुस्तक विमोचन गर्न शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा गर्भनर डा विश्वनाथ पौडेल, नेपाल समाजवादी पार्टीकाअध्यक्ष डा बाबुराम भट्टराईलगायत । तस्बिरः किरणराज विष्ट/रासस

नेकपा (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानका क्रममा बिहीबार बागलुङको गलकोट नगरपालिकामा आयोजित आमसभामा लाखे नाच प्रदर्शन गर्दै कलाकार। तस्बिरः राम थापा/रासस

इलाम जिल्ला सूर्योदय नगरपालिका -५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु । यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु बिहानीको सूर्योदय हेर्न, पोखरी र चियाबारी घुम्न

मुन्दुम पदमार्गका प्रवर्द्धन, विकास तथा प्रचारप्रसार गर्ने लक्ष्यले भोजपुरको चखेवामा आयोजना गरिएको क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मा आफुले बनाएको चित्रसहित सामुहिक तस्बिर खिचाउँदै चित्रकारहरु । तस्बिर: युवराज विष्ट/रासस