फोटो कथा

यार्सागुम्बा सङ्कलन

डोल्पाको जगदुल्ला गाउँपालिका–२ कागमारा पाटनमा यार्सागुम्बा सङ्कलन गरिँदै । नेपालको बहुउपयोगी एवं बहुमूल्य जडीबुटी यार्सागुम्बा यही जेठ ५ बाट सङ्कलन गर्न सबै क्षेत्र खुल्ला गरिएको हो । तस्बिरः हेमन्त केसी/रासस

किसानलाई अनुदानमा मिनी टिलर

किसानलाई आधुनिक खेती प्रणालीतर्फ डोरयाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको धुव्रतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले खेत जोत्नका लागि वितरण गर्न ल्याइएका मिनी टिलर । सहकारीमा आबद्ध किसानलाई ५० प्रतिशत

गोसाइँकुण्ड

रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड । नेपाल भाषामा शिलु तीर्थको नाम प्रख्यात रहेको यो कुण्ड समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । निर्मल स्वच्छ पानीले भरिएको यो

प्रम ओलीसँग जल तथा मौसम विज्ञान विभागका कर्मचारी

काठमाडौँको बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागमा मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसम पूर्वानुमानबारे जानकारी गराएपश्चात् प्रमसँग जल तथा मौसम विज्ञान विभागका कर्मचारी । तस्बिर /रासस

‘एभरेष्ट समिटर समिट’

एभरेष्ट एलाइन्स नेपालद्वारा मङ्गलबार काठमाडौँमा आयोजित ‘एभरेष्ट समिटर समिट’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत । यो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हो ।

लिउ बुन्दै

मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित रोवागाउँका पदम बुढा भेडाको उनबाट लिउ बुन्दै । यहाँका स्थानीयबासी राडी ,पाखी , फेरुवा र लिउ बुनेर आम्दानी गर्दछन् । तस्बिर : हेमन्त केसी /

राष्ट्रिय ललितकला प्रदर्शनीसम्बन्धमा जानकारी दिइँदै

नेपाल ललिकला प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत् राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ सम्बन्धमा जानकारी दिनुहुँदै प्रतिष्ठानका सदस्य सचिव देबेन्द्रकुमार काफ्ले । तस्बिरः प्रदीपराज वन्त/रासस

‘लुक्ला’ विमानस्थल

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा अवस्थित तेन्जिङ –हिलारी विमानस्थल ‘लुक्ला’। सगरमाथा आरोहण तथा खुम्बु क्षेत्र भ्रमणका लागि ‘लुक्ला’ व्यस्त विमानस्थलको रुपमा रहेको पाइन्छ । तस्बिरः गार्डेन राई/रासस

सामूहिक तस्बिरमा सम्मानितहरु

तनहुँको ऑबुखैरेनी गाउँपालिकाद्वारा आइतबार आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औद्योगिक ग्राममा कार्यरत श्रमिकहरु सम्मानपश्चात् सामूहिक तस्बिरमा । तस्बिरः कृष्ण न्यौपाने/रासस

बिक्रीका लागि राखिएको माटाबाट निर्मित सामग्री

सर्लाहीको बरहथवा बजारमा माटाबाट निर्मित सामग्रीहरु बिक्रीका लागि ग्राहकको पर्खाइमा व्यापारी । तस्बिरः विश्वनाथ ठाकुर/रासस